२५ जेठ २०८३, सोमबार

राष्ट्र बैंकको अमैत्रीपूर्ण नीतिहरूविरुद्ध ढल्केवरमा विरोध प्रदर्शन

मंसिर २६, २०७९
राष्ट्र बैंकको अमैत्रीपूर्ण नीतिहरूविरुद्ध ढल्केवरमा विरोध प्रदर्शन

नाडाको संस्थागत सदस्य जानकी अटोमोवाइल्स एशोसिएशन अफ नेपालले धनुषाको ढल्केवरमा नेपाल राष्ट्र बैंकको नीतिविरुद्ध प्रदर्शन गरेको छ । राष्ट्र बैंकको कसिलो मौद्रिक नीतिका कारण समस्यामा परेको भन्दै उद्योगी व्यवसायीहरू आन्दोलित बनेका हुन् ।

धनुषाको ढल्केवरका उद्योगी व्यवसायीहरूले प्लेकार्ड बोकेर पूर्व–पश्चिम राजमार्गमा प्रदर्शन गरेका थिए । मिथिला उद्योग वाणिज्य संघ, नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल र जानकी अटोमोबाइल्स एशोसिएसन अफ नेपालको संयुक्त आयोजनामा उनीहरूले सरकार र नेपाल राष्ट्र बैंकविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उत्रिएका व्यवसायीहरूले ‘मौद्रिक नीति परिमार्जन गर, चालू पूँजी कर्जा मार्गदर्शन स्थगन गर, व्यवसाय गरी खान देउ, जसले कर तिरेको छ उसलाई पेल्ने र हेप्ने ?, ५० प्रतिशत नगद मार्जिन व्यवस्था गर, बैंकहरुले गरेको बदमासीको सजाय व्यापारीलाई किन ?’ लेखिएको प्लेकार्डहरु बोकेर नाराबाजी गरेका थिए ।

सरकारले उद्योगी व्यवसायीमाथि अत्याचार गरेपछि बाध्य भएर आन्दोलनमा होमिने परेको जानकी अटोमोबाइल्स अफ नेपाल, मधेश प्रदेशको अध्यक्षसमेत रहेका मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका अध्यक्ष तेजनारायण साहले बताए । व्याजदरमा भएको अस्वाभाविक वृद्धिले उद्योग व्यवसाय नै धराशायी बन्दै गएकाले विरोधमा उत्रिनु परेको जानकारी दिँदै उनले नेपाल राष्ट्र बैंकले मौद्रिक नीति नसच्याएसम्म आफूहरूको चरणबद्ध आन्दोलन जारी रहने बताए । 

salt training

कमेन्ट गर्नुहोस्