११ साउन २०८३, सोमबार

अध्यादेशमार्फत माफी दिने प्रयास लोकतान्त्रिक मर्मको उपहास : डा. कोइराला

मंसिर २६, २०७९
अध्यादेशमार्फत माफी दिने प्रयास लोकतान्त्रिक मर्मको उपहास : डा. कोइराला

नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. शेखर कोइरालाले अध्यादेशमार्फत कानून संशोधन गरेर अदालतले दोषी ठहर्‍याएकालाई माफी दिने प्रयास लोकतान्त्रिक मर्मको उपहास भएको बताएका छन् ।

सोमवार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै कोइरालाले राजनीतिक सहजताका लागि कानून बंग्याउने छुट कसैलाई नभएको बताएका छन् ।

उनले लेखेका छन्, ‘अध्यादेशमार्फत कानून संशोधन गरी अदालतले दोषी ठहर्‍याएकालाई माफी दिने प्रयास गरिनु कानूनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु हो । आफू अनुकूलको राजनीतिक सहजताका लागि कानूनलाई बंग्याउने छुट कसैलाई छैन । भोलि यसले गलत नजिर बस्न जान्छ ।’

salt training

कमेन्ट गर्नुहोस्