२९ असार २०८३, सोमबार

कांग्रेस उपसभापति गुरुङ पनि अध्यादेशको विरोधमा

मंसिर २६, २०७९
कांग्रेस उपसभापति गुरुङ पनि अध्यादेशको विरोधमा

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पनि सरकारले जारी गर्न लागेको अध्यादेशको विरोध गरेका छन् । टिकापुर घटनालाई लिएर जेल जीवन बिताइरहेका रेशम चौधरीलगायतलाई रिहा गर्न सरकारले मुलुकी अपराध संहिता पहिलो संशोधन विधेयक जारी गर्ने तयारी गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ । 

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका संस्थापनइतर पक्षका नेताहरूले अध्यादेशको विरोध गरिरहेका छन् । कांग्रेसका नेता डा. शेखर कोइराला, महामन्त्रीहरू गगन थापा, विश्वप्रकाश शर्मालगायतले अध्यादेश फिर्ता लिन सरकारलाई आग्रह गरिसकेका छन् । यस्तैमा उपसभापति गुरुङले पनि सामाजिक सञ्जालमा सन्देश लेख्दै अध्यादेशको विरोध गरेका छन् । 

सामाजिक सञ्जालमा अध्यादेशतर्फ लक्षित गर्दै उपसभापति गुरुङले लेखेका छन्, ‘अध्यादेशमार्फत गम्भीर प्रकृतिका विषयहरूको सन्दर्भमा निर्णय लिनु अनुपयुक्त हुन्छ । प्रजातन्त्र भनेकै विधिको शासन हो । विधिको शासनको पक्षमा कांग्रेस सधैं उभिनु पर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्