
नेकपा एमालेका प्रचार विभाग प्रमुख तथा लमजुङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले जुनसुकै अवस्थामा आफू जनताको साथमा रहने बताएका छन् । एमालेका उपमहासचिव समेत रहेका गुरुङले सोमबार सुन्दरबजार नगरपालिकाका मतदातालाई धन्यवाद ज्ञापन गर्दै नागरिकको सुखदुःखमा संगै रहने प्रतिवद्धता जनाए ।
नागरिकले उत्साह र उमंगका साथ निर्वाचनमा आफूलाई जिताएको भन्दै जनताको मागअनुसार जिल्लाको विकासमा लाग्ने जनाए । लमजुङको विकास र समृद्धिमा केन्द्रीत रहेर काम गर्ने जनतालाई उनले विश्वास दिलाए । जिल्लाको विकासलाई प्राथमिकता दिन सबैको सल्लाह अनुसार अघि बढ्ने उनको भनाइ छ ।