०४ असार २०८३, बिहीबार

भारतीय पूर्वमन्त्री राजा पटेरिया परे पक्राउ

मंसिर २७, २०७९
भारतीय पूर्वमन्त्री राजा पटेरिया परे पक्राउ

भारतीय कांग्रेस नेता एवम् पूर्वमन्त्री राजा पटेरियालाई प्रहरीले हिरासतमा लिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरी दिएको अभिव्यक्तिका कारण उनलाई भारतीय प्रहरीले हिरासतमा लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले 'मोदीलाई मार' भनेर बयान दिएको प्रहरीले जनाएको छ । पटेरियालाई उनकै निवासबाट प्रहरीले हिरासतमा लिएको छ । उनको विरुद्ध सोमबार उजुरी दर्ज भएको थियो ।

भारतीय जनता पार्टीका नेताहरुले पूर्वमन्त्री पटेरियाको भनाइप्रति कडा आपत्ति जनाएका छन् । मुख्यमन्त्री शिवराज सिंह चौहान, गृहमन्त्री नरोत्तम मिश्रादेखि प्रदेश भाजपा अध्यक्ष वीडी शर्माले समेत पटेरियाको भनाइको कडा शब्दमा निन्दा गरेका छन् । भारतीय गृहमन्त्री नरोत्तम मिश्राका निर्देशनमा प्रहरीले उनलाई पक्राउ गरेको हो । 

पटेरियाको अभिव्यक्तिले देशमा शान्ति भंग र वैमनस्य फैलाउने आरोप लगाएर उनको विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता भएको थियो । तर पूर्वमन्त्री पटेरियाले आफूले प्रधानमन्त्री मोदीको हत्या गर्न नभनेको बल्की चुनावमा हराउन आव्हान गरेको बताएका छन् । 

पूर्वमन्त्री पटेरियाले आइतबार भएको कांग्रेसको एक कार्यक्रममा सो अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिको भिडियो बाहिर सामाजिक सञ्जालमा गएपछि त्यसको आलोचना शुरुभएको थियो । कर्यक्रममा पटेरियाले मोदीलाई धर्म, जाति, भाषाका आधारमा राज्य बाँड्नखोजेको आरोप लगाएका थिए । नरेन्द्र मोदीका कारण भारतमा रहेका आदिबासी, दलित समुदायले अधिकार नपाएको टिप्पणी गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्