२० असार २०८३, शनिबार

आज कृष्णजन्माष्टमी, यसरी गर्नुस् पूजा

कात्तिक २०, २०७४
काठमाडौं
आज कृष्णजन्माष्टमी, यसरी गर्नुस् पूजा

काठमाडौं, ३० साउन — आज श्रीकृष्ण जन्माष्टमी पर्व हो । भगवान् श्रीकृष्णको जन्म भएको रातमा उहाँलाई प्रसन्न गर्नका लागि व्रत बसिन्छ र विशेष पूजा पनि गरिन्छ ।


सच्चा मनले व्रत गर्ने मानिसलाई मोक्षप्राप्ति हुन्छ र ऊ मोहमायाको बन्धनबाट मुक्त हुन्छ । कुनै कामना राखेर व्रत गर्दा त्यो कामना सिद्ध हुन्छ ।

यसपल्ट जन्माष्टमीमा सर्वार्थसिद्धि योग परेको छ ।

श्रीकृष्णको जन्म मध्यरातमा भएकाले त्यसअघि नै उहाँको आगमनको प्रतीक्षाका क्रममा व्रत बस्नुपर्छ । सोमवार राति मात्र अष्टमी तिथि लाग्छ र बेलुकादेखि उहाँको जन्मोत्सव मनाइन्छ ।

जन्माष्टमीमा बिहान छिटो उठेर स्नान गर्नुपर्छ र सबै देवतालाई नमस्कार गरेर पूर्व वा उत्तरतिर फर्किएर मुख फर्काएर संकल्प गर्नुपर्छ । फलाहार व्रत गर्ने कि एकचोटि भोजन गर्ने कि त्यसअनुसारको संकल्प लिनुपर्छ ।

त्यसपछि माता देवकी र भगवान् श्रीकृष्णको चित्र वा प्रतिमा स्थापित गर्नुस् । भगवानलाई नयाँ वस्त्र अर्पण गर्नुस् ।

उहाँलाई पहेंलो वस्त्र चढाउनुपर्छ । पूजा गर्दा देवकी, वसुदेव, बलराम, नन्द, यशोदा र लक्ष्मीको नाम पनि उच्चारण गर्नुस् । अन्त्यमा माता देवकीलाई अर्घ्य दिनुस् । भगवान् श्रीकृष्णलाई फूल चढाउनुस् ।

राति १२ नबजुञ्जेलसम्म भजनकीर्तन, भागवत श्रवण गरिरहनुस् । मध्यरातमा उहाँको जन्मोत्सव मनाउनुस् । झुलामा उहाँको प्रतिमा झुलाउनुस् ।

पञ्चामृतमा तुलसी राखेर अनि मक्खन मिश्रीको भोग लगाउनुस् । आरती गर्नुस् र राति स्तोत्रहरू र गीता पाठ गर्नुस् । अर्को दिन बिहान फेरि स्नान गरेर व्रतपारायण गर्नुस् ।

salt training

कमेन्ट गर्नुहोस्