०६ असार २०८३, शनिबार

सिरहामा महिलाको हत्यापछि प्रदर्शन

मंसिर २७, २०७९
सिरहामा महिलाको हत्यापछि प्रदर्शन

सिरहामा धारिलो हतियार प्रहारबाट एक महिलाको हत्या भएको छ। जिल्लाको मिर्चैया नगरपालिका २ का ३० वर्षीय लक्ष्मीनियाँ कापरको जङ्गलमा दाउरा लिन गएका बेला ३–४ जना युवकको समूहले धारिलो हतियार प्रहारबाट हत्या गरेको हो । 

दाउरा लिन जंगल गएका बेला पछ्याउँदै गएको युवाहरूले जवरजस्ती करणी गर्ने प्रयास गरेको प्रतिकार गर्न खोजेपछि उनीहरूले घाटी र पेटमा धारिलो हतियार प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरि वलीले जानकारी दिए। 

सँगै गएका महिलाहरूले देखेपछि गाउँमा खबर पुर्याएका थिए। प्रहरीका अनुसार स्थानीयले ३ जनाको नाममा किटानी जाहेरी गरेपनि अनुसन्धान पछिमात्र जाहेरी दर्ता गर्ने भनेपछि आक्रोशित स्थानीयले पूर्व पश्चिम सडक अन्तर्गत मिर्चैया नपा २ मलहनीयामा अपरान्ह देखि सडक जाम गरेका छन् । उनीहरूले दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको माग गर्दै सडकमै टायर बालेर जक्काजाम गरेका छन् । 
प्रहरीले घटनाको छानबिन भइरहेको जनाएको छ। शव अझै पनि घटनास्थलमै रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्