०८ साउन २०८३, शुक्रबार

काभ्रेको बेथानचोकमा बस दुर्घटना, मानवीय क्षतिको आशंका

मंसिर २७, २०७९
काभ्रेको बेथानचोकमा बस दुर्घटना, मानवीय क्षतिको आशंका

काभ्रेको बेथानचोकमा मंगलबार यात्रुबाहक बस दुर्घटना भएको छ । बेथानचोक गाउँपालिकाको वडा नं ४ स्थित चलाल गणेशस्थानको सल्लाफेद भन्ने स्थानमा बा ३ ख ४३८५ बस दुर्घटना भएको हो । दुर्घटनामा केहीको हताहती भएको आशंका गरिएपनि प्रहरीले पुष्टि गरिसकेको छैन । 

जिल्लाको बनेपा नगरपालिका वडा नं ११ बाट ब्रतबन्धका लागि गाउँपालिकाको वडा नं ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको खबर आएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी र स्थानीयले उद्दार कार्य जारी राखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्