×

Nic Asia
Dabur
Prabhu Bank

प्रतिनिधिसभा निर्वाचन– २०७९

चुनाव– २०७९ का वास्तविक ‘हिरो’हरू : कसैले सांसद पद जिते, कसैले विश्वास

काठमाडाैं | मंसिर २८, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम नतिजा बुधवार सार्वजनिक गरेको छ ।

yONNEX
IME BANK INNEWS

चुनाव सम्पन्न भएको एक महिना पुग्नै लाग्दा पनि कतिपय उम्मेदवार चर्चाको शिखरमै छन्, तीमध्ये एक हुन्, गोकुल बास्कोटा ।  


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

सामाजिक सञ्जालमा सर्वाधिक आलोचना खेपेका गोकुल बास्कोटाले यसपटक पनि शानदार जीत निकाले ।

विभिन्न प्रक्षेपण र सामाजिक सञ्जालमा भइरहेको बहसका कारण गोकुलले चुनाव जित्नेमा स्वयं एमालेका नेताहरू पनि विश्वस्त थिएनन् । 


Advertisment
Lokantar App
Saurya island

‘वास्तवमा भन्ने हो भने यसपटकको म्यान अफ द इलेक्सन गोकुल कमरेड हो । उहाँले चुनाव जित्नुहोला भनेर हामीले समेत पत्याएका थिएनौं,’ एमालेका एक सचिवालय सदस्यले लोकान्तरसँग भने, ‘सामाजिक सञ्जालमा यत्रो आक्रमण भइरहँदा पनि उहाँले मतदाताको विश्वास जितिराख्नुभएको छ ।’

२०७९ सालको प्रतिनिधिसभामा सर्वाधिक धेरै मत ल्याएर चुनाव जित्ने तीन नेतामध्ये पर्छन्, गोकुल । प्रतिस्पर्धीभन्दा ५ हजार ८ सय ६३ मतान्तरले चुनाव जितेका उनले ४५ हजार ३ सय ४५ मत पाएका छन् । 

Vianet communication

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वाधिक ५२ हजार ३ सय १९ मत पाएका छन् भने दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ४९ हजार ३ सय मत प्राप्त गरेका छन् । गोकुलपछि चौथोमा माओवादी केन्द्रका वर्षमान पुन अनन्तले ४१ हजार ७ सय १४ मत पाएका छन् ।

स्थानीय तह निर्वाचनमा जिल्लामा पार्टीले व्यहोरेको धक्का तथा प्रतिनिधिसभा चुनावमा सत्ता गठबन्धनको घेराबन्दीबीच गोकुलले फराकिलो मतान्तरले चुनाव जिते । चुनाव जितेपछिको सम्बोधनमा गोकुलले भनेका थिए– ‘काभ्रेली जनताको अदालतले मविरुद्ध गरिएका अनेकन नियोजित प्रचारलाई खारेज गर्‍यो ।’

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि नेपाली कांग्रेसका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गरेर गोकुल विजयी भएका थिए । गोकुलले ५४ हजार ४ सय २७ मत पाउँदा प्रतिद्वन्द्वी कांग्रेसका मधु आचार्यले ३६ हजार ५ सय ७९ मत प्राप्त गरेका थिए । सांसद बनेर जिल्लाको विकासमा गरेको योगदानकै कारण काभ्रेली जनताले गोकुललाई अनुमोदन गरिदिए । 

रवि लामिछाने

२०७९ सालको चुनावको एकजना विजेता रवि लामिछाने पनि हुन् । रवि लामिछाने भन्नाले केवल चितवन– २ का सांसद मात्र होइनन्, प्रतिनिधिसभामा २० सीट जितेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिकै रूपमा विजेता हुन् ।

स्थापनाको ४ महिनामै चुनावमा होमिएको रास्वपाले मूलधारका स्थापित राजनीतिक दललाई चुनौती दियो । 

राजधानी काठमाडौं उपत्यकाका एकतिहाई सीट कब्जा गरेको रास्वपाले कुनै बेला देशको सबैभन्दा ठूलो दल रहेको माओवादीको हाराहारीमा भोट पायो ।

देशका विभिन्न निर्वाचन क्षेत्रमा रविको पार्टीले चुनावी समीकरणमा फेरबदल ल्याइदियो ।

त्रिशंकु संसद्मा २० सीटको कमान्ड गरेर रास्वपा सरकार गठनमा ‘किङमेकर’ बन्न सक्छ । 

सीके राउत

पृथकतावादी सोच त्यागेर शान्तिपूर्ण राजनीतिमा अवतरण गरेका सीके राउत पनि यसपटकको चुनावका विनर हुन् । 

१५ वर्षदेखि मधेशमा एकछत्र राज गरेका उपेन्द्र यादवलाई पराजित गरेर सीके राष्ट्रिय राजनीतिमा एउटा निर्णायक पात्र बने । प्रत्यक्षमा एक सीट जिते पनि मधेशकेन्द्रित लोसपालाई खुम्च्याएर समानुपातिकबाट ५ सीट जित्न सके । ६ सांसदको कमान्ड रहेको जनमत पार्टीलाई आफ्नो पक्षमा पार्न गठबन्धनमा हानथाप छ । 

रेशम–रञ्जिता चौधरी

यसपटकको निर्वाचनबाट पश्चिम तराईका जिल्लामा अर्को एउटा जातिवादी पार्टीको उदय भयो । पूर्वी तराईको जिल्लामा मधेशकेन्द्रित दल रहे पनि पश्चिम तराईमा जातीय दलको रूपमा थारूको पार्टी उदय भयो । 

टीकापुर हत्याकाण्डको मुख्य दोषीका रूपमा जेलमा बसिरहेका रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले एउटा स्वतन्त्रसहित ४ सीट जित्यो । 

आफ्नो उम्मेदवारी खारेज हुने छनक पाएर रेशमले बुवालाई पनि उम्मेदवार बनाएका थिए । रेशमको उम्मेदवारी खारेज भए पनि उनका बुवा स्वतन्त्रबाट चुनाव जिते । संसद्मा ४ सांसदको कमान्ड रहे पनि सत्ता गठन विघटनको जोडघटाउमा कति शक्तिशाली भइदिए भन्ने उदाहरण अहिलेको अध्यादेश काफी छ । 

सत्ता गठबन्धनको पक्षमा बहुमत जुटाउन ४ सीटका लागि यति ठूलो आलोचना सहेर सरकार रेशमलाई छुटाउन अध्यादेश ल्याउन तयार भयो । 

ज्ञानेन्द्र शाही

सामाजिक सञ्जाल र युट्युबमा अन्टसन्ट बोलेर चर्चामा आएका ज्ञानेन्द्र शाही यसपटकको चुनावका अर्का विनर हुन् । आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता दाबी गर्ने शाही जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा विजयी भए ।

स्थानीय चुनावको पूर्वसन्ध्यामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सिञ्जामा गएर भाषण गर्दा हजारौं उपस्थित भएका थिए । सिञ्जामा अहिलेसम्मकै धेरै मानिस उपस्थित भएको र एमालेको पक्षमा अभूतपूर्व जनमत रहेको भन्दै ओलीले अन्यत्र पुगेर पनि भाषण गरेका थिए । 

त्यस्तो ठाउँबाट राप्रपाका लागि शाहीले सीट बढाए, जहाँ स्थानीय तह निर्वाचनमा राप्रपाले ५ सय १४ मत पाएको थियो । मूलधारका स्थापित राजनीतिक दललाई पछि पार्दै २२ हजार ८ सय १९ मतसहित शाही विजयी भए । एउटा अल्लारे अभियन्ताको उपमा पाएका शाहीले जुम्लाबाट जादुमयी जीत निकाले । 

दीपक सिंह

प्रतिनिधिसभा निर्वाचनमा अपत्यारिलो जित निकाल्ने अर्का व्यक्ति हुन्, दीपक सिंह । मकवानपुर– १ बाट राप्रपा उम्मेदवार बनेका सिंहले सत्ता गठबन्धनकी साझा उम्मेदवार कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई एक साथ पराजित गरे । राप्रपा महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग लज्जास्पद रूपले पराजित थापाले हार पचाउन नसकेर राप्रपा नेपाल गठन गरेका थिए । 

नेकपा एमालेको चिह्नमा चुनाव लडेका थापालाई पराजित गर्ने सिंह राप्रपाका मामुली कार्यकर्ता हुन् । दीपक सिंहले कमल थापालाई चुनावमा धूलो चटाएको विषय अहिले पनि हेटौंडाका चिया पसलमा गफको केन्द्रमा छ ।

अमरेश, प्रभु, किरण र योगेन्द्र

सत्ता गठबन्धन र एमाले–जसपा गठबन्धनलाई पराजित गर्दै मधेश र पूर्वी तराईका जिल्लाबाट केही स्वतन्त्र उम्मेदवार विजयी भए ।

एमालेबाट टिकट लिएर पछि स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह रौतहट– ३ बाट विजयी भए । उनकै समूहका किरण साहले रौतहट– २ बाट चुनाव जितेका छन् ।

चुनाव जित्ने अर्का स्वतन्त्र हुन्, अमरेश कुमार सिंह । 

नेपाली कांग्रेसबाट पटक–पटक चुनाव जितेका सिंहलाई यसपटक कांग्रेसले टिकट दिएन । माछा चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका अमरेशले गठबन्धनको समर्थन रहेका कांग्रेस उम्मेदवार नागेन्द्रकुमार भन्दा झण्डै २ हजार धेरै मत पाए । अमरेशले २० हजार १७ मत प्राप्त गरे । 

स्वतन्त्रबाट चुनाव जित्ने अर्का चर्चित हुन्, योगेन्द्र मण्डल । एमाले–जसपा गठबन्धनप्रति असन्तुष्ट यागेन्द्रले बागी उम्मेदवारी दिएका थिए ।

गठबन्धनका आधिकारिक उम्मेदवारभन्दा झण्डै ५ हजार धेरै मत पाएर उनी विजयी बने ।

सागर ढकाल र स्वागत नेपाल 

यसपटकको चुनावमा केही उम्मेदवारले सांसद पद जित्न सकेनन्, तर मन भने जिते । यसपटकको चुनावमा सर्वाधिक चर्चाको केन्द्रमा थिए, सागर ढकाल । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध डडेल्धुराबाट उम्मेदवारी दिएका ढकालले सम्मानजनक भोट पाए ।

डडेल्धुरासँग कुनै साइनो नभएका गुल्मीका २९ वर्षे ढकालले १३ हजार मत पाए । २०४८ सालदेखि एकछत्र चुनाव जितेका व्यक्ति एवं देशका प्रधानमन्त्रीसँग चुनाव लडेका ढकालले पाएको १३ हजार ४२ मतको विभिन्न कोणबाट चर्चा भइरहेको छ ।

एमालेको समर्थन रहेका कांग्रेसका पूर्व जिल्ला सभापति कर्णबहादुर मल्लले ७ हजार ५ सय ३५ मत पाएकोमा ढकालले उनले भन्दा झण्डै दोब्बर मत पाए ।

डडेल्धुराकै स्थानीय मल्ल दशकौंदेखि राजनीतिमा छन्, जबकि ढकाल रात्रिबस चढेर डडेल्धुरा पुगेका थिए र मोटरसाइकल चढेर काठमाडौं फर्किए ।

स्रोत साधनविना चप्पल लगाएर गाउँगाउँ डुलेका र जनताको घरमा बास बसेर चुनाव प्रचार गरेका ढकालले देशभित्र र बाहिर रहेका नेपालीको मन जित्न सफल भए । 

चुनाव हारे पनि धेरै मत पाउने अर्का स्वतन्त्र उम्मेदवार हुन्, स्वागत नेपाल । झापा– २ बाट चुनाव लडेका नेपाल जम्मा २ हजार २ सय ६१ मतले पराजित भए ।

चुनाव जितेका एमालेका देवराज घिमिरेले २८ हजार ७ सय १६ मत पाउँदा स्वागतले २६ हजार ४ सय ५५ मत पाएका थिए । नेपालले पाएको भोट सत्ता गठबन्धनको समर्थन रहेका माओवादीका हरिकुमार रानाको भन्दा दोब्बर छ । रानाले १३ हजार ९ सय ३० मत पाएका थिए । 

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गरेर उनी चर्चामा आएका थिए । कुनै बेला पत्रकारिता गरेका नेपाल पछिल्लो समय कानून व्यवसायीको रूपमा कार्यरत छन् ।

उनले पाएको पाएको मतबारे झापाको राजनीतिक वृत्तमा अझै चर्चा सेलाएको छैन ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
चैत ७, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएपछि अबको कोर्स सरकार विस्तारमा नै केन्द्रित हुने भएको छ । दुई महिनामा दोस्रोपटक विश्वासको मत पाएपछि प्रचण्डले २/४ दिनभित्रै सरकार विस्तार हुने...

चैत ९, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ फागुनमा विश्वासको मत लिएलगत्तै सरकार विस्तार गर्ने भनिए पनि शुरूबाटै समस्या देखिएका छ ।  सधैँजसो भागबण्डाको सकस, प्रभावशाली मन्त्रालयको स्वार्थ, धेरै द...

चैत ३, २०७९

अस्ट्रेलिया, बेलायत र अमेरिकाले अकस सम्झौताअन्तर्गत  नयाँ घोषणा सोमवार (मार्च १३) मा गरेका छन् ।  सन् २०२१ को सेप्टेम्बर १५ मा यी तीन देशबीचको त्रिपक्षीय सुरक्षा सम्झौताका रूपमा अकसको जन्म भएको थियो ...

चैत ५, २०७९

नेदरल्यान्ड्सको द हेगमा रहेको अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा युद्ध अपराध गरेको आरोप लगाउँदै शुक्रवार (१७ मार्च) पक्राउपुर्जी जारी गरेको छ ।  पुटिनले गैरकानूनी...

चैत ६, २०७९

अमेरिकाले इराकमाथि युद्ध शुरू गरेको आज २० वर्ष पूरा भएको छ ।  तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले इराकमा आमविनाशकारी हतियार रहेकाले संसारलाई गम्भीर खतरा पुगेको जिकिर लिँदै आक्रमणलाई जायज ठ...

चैत ७, २०७९

राष्ट्रपति निर्वाचनमा धोका पाएका नेकपा एमालेका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपादेयता उपराष्ट्रपति निर्वाचनसम्म मात्र भनेर टिप्पणी गर्ने गरेका थिए । राष्ट्रपति आफ्नो ढोक्सामा पारेपछ...

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

स्वप्नद्रष्टा इलोन मस्क र सपनाविहीन नेपालको राजनीति

चैत ९, २०७९

आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

‘लोकरिझ्याइँ’वादीहरूको फन्डामा फसेको मुलुक !

चैत ८, २०७९

प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

बेलायतको बदलिँदो शरणार्थी नीति र बीबीसीका एक प्रस्तोताले तताइदिएको माहोल

चैत ३, २०७९

गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...

ad
x