२१ जेठ २०८३, बिहीबार

महिला मन्त्रीको भनाइ, ‘बालश्रम अन्त्यको सामुहिक पहल’

महिला मन्त्रीको भनाइ, ‘बालश्रम अन्त्यको सामुहिक पहल’

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले वश्वमै ठूलो समस्याको रूपमा रहेको बालश्रम अन्त्यका लागि सामुहिक पहलको खाँचो औल्याइन् । सो विरूद्ध नेपालमा आयोजना भइरहेको सम्मेलनमा जुटेका  सार्क राष्ट्रका प्रतिनिधीहरूको छलफलबाट बालश्रमको अन्त्यका लागि ठोस निर्णय हुने उनले विश्वास व्यक्त गरिन् । 

दक्षिण एसियाली राष्ट्रबाट बालश्रमको अन्त्य गर्न सामुहिक पहल गर्न राजधानीमा बिहीबारदेखि दुई दिने सम्मेलन शुरु भएको छ । सो अवसरमा उनले सरकारको तर्फबाट सबै सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।   

विश्वकै बालबालिका विविध कारणले जोखिमपूर्ण श्रममा संलग्न रहेको चर्चा गर्दै उनले भनिन्, “कोरोना महामारीमा बालबालिका सङ्क्रमणमा परे । श्रम बजारमा पनि बालबालिकाको संलग्नता बढ्नु विश्वकै लागि चुनौती हो ।” 

मन्त्री रेग्मीले नेपाल सरकारले देशमा बालश्रमको अन्त्यका लागि बालबालिकासम्वन्धी ऐन, राष्ट्रिय कार्ययोजना र  संयुक्त राष्ट्रसङ्घले पारित गरेको बालबालिकासम्वन्धी महासन्धी अनुमोदन गरेर कार्यान्वयनको चरणमा रहेको उनले चर्चा गरिन् । 

मन्त्रालयका सचिव डिल्लीराम शर्माले बालबालिकालाई श्रममा लगाउनु मानवअधिकारविरुद्ध भएको बताए । विश्वव्यापी समस्याको रूपमा रहेको  बालश्रमको अन्त्यका लागि हुने पहलमा मन्त्रालयको साथ सहयोग रहने उनले प्रतिवद्धता जनाए । जलवायु परिवर्तन, गरिबी, बालश्रमबारे अनभिज्ञतालगायत विविध कारणले करोडौं बालबालिका जोखिमपूर्ण श्रममा संलग्न रहेको तथ्याङ्कले देखाएको उनले बताए ।  

नेशनल एक्सन कोअर्डिनेशन गु्रप (राष्ट्रिय कार्य समन्वय समुह), एनएसीजीका अध्यक्ष बेनुमाया गुरूङले बालबालिका अन्तरदेशीय सिमानाबाट बालश्रमका लागि ओसारपसार भइरहेकाले त्यस विषय समाधान हुनुपर्ने बताइन् ।  नेपालमा सन् २००८ मा भन्दा २०१७ मा बालश्रममा संलग्न बालबालिका घटेको पाइएको थियो । मन्त्रालयले बालश्रम अन्त्यका लागि बजेट छुट्याउन थालेकोमा उनी खुशी व्यक्त गरिन् । 

दक्षिण अफ्रिकाको डर्वनमा  बालबालिका सम्वन्धी सम्मेलनमा नेपालले पनि सहभागीता जनाएको र त्यस सम्मेलनले पािरत गरेको बुँदाहरू कार्यान्वयन हुनुपर्ने उनले माग गरिन् । 

सो अवसरमा साइव्याकका निर्देशक डा. रिन्छन छोेपेलले दक्षिण एसियाबाटै बालश्रमको अन्त्यका लागि नेपालमा दक्षिण एसियाली प्रतिनिधीसहित बालश्रम अन्त्यका लागि कार्ययोजना बनाउन जुटेको बताए । मन्त्रालयसँगको सहकार्यमा साउथ एसिया टु इण्ड भोइलेन्स अगेन्स्ट चिल्ड्रेन (साइव्याक) ले आयोजना गरेको कार्यक्रममा नेपालसहित भारत, भुटान, पाकिस्तान, अफगनिस्तान, मालदिभ्स, बङ्लादेश र श्रीलङ्काका बालबालिकाको हितमा काम गरिरहेको सो संस्थाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्