२२ असार २०८३, सोमबार

हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ रिलिज

हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ रिलिज

आज (शुक्रवार) बहुप्रतिक्षित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत यो फिल्म नेपाली हलमा पनि उच्च शोजका साथ प्रदर्शनमा आएको हो ।

 नेपाली फिल्म भने यससाता​ रिलिजमा छैनन् । सोलो रिलिजको मौका पाएको हलिउड फिल्मले मल्टिप्लेक्स हलहरुमा उच्च शोज पाएको छ । 

फिल्मको बुकिङ पनि बुधबारदेखि नै आक्रामक देखिएको थियो । नेपालमा फिल्मले निकै राम्रो कमाइँ गर्ने आँकलन गरिएको छ । 

‘अवतारः द वे अफ वाटर’ सन् २००९ मा रिलिज भएको ‘अवतार’ को सिक्वेल हो । सो फिल्म अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने फिल्म हो । जसकारण पनि १३ वर्षपछि रिलिज भएको ‘अवतार’को दोस्रो संस्करण संसारभरिका दर्शकका लागि बहुप्रतिक्षित छ ।

जेम्स क्यामरुन निर्देशित यो फिल्ममा सैम वर्थिंगटन, जो साल्डाना, सिगौर्नी वीभर, स्टीफन लैंग लगायतको अभिनय छ । फिल्मको तीन घण्टा १२ मिनेट लामो छ ।

salt training

कमेन्ट गर्नुहोस्