२८ जेठ २०८३, बिहीबार

अंग्रेजी नयाँ वर्षमा रुसले युक्रेनमाथि ठूलै आक्रमणको तयारी गरेको दाबी

पुस १, २०७९
अंग्रेजी नयाँ वर्षमा रुसले युक्रेनमाथि ठूलै आक्रमणको तयारी गरेको दाबी
Dimitar Dilkoff/AFP/Getty Images

युक्रेनका वरिष्ठ अधिकारीहरूले अंग्रेजी नयाँ वर्षमा रुसले भयंकर ठूलो आक्रमणको तयारी गरिरहेको दाबी गरेका छन् । 

द गार्डियन पत्रिकासँगको अन्तर्वार्तामा युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले आफ्नो देशको ऊर्जा संरचनामा रुसले गरिरहेको आक्रमणको राम्रै प्रतिकार भइरहेको बताए । तर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विशाल स्तरको आक्रमणको योजना बुनिरहेको उनको भनाइ छ । 

युक्रेन युद्ध लम्बिँदै गएपछि युक्रेनका पश्चिमी सहयोगीहरू थकित हुन थालेको देखिएपछि युक्रेनी रक्षामन्त्रीले यस्तो चेतावनी दिएको हुनुपर्छ । 

रुसले आंशिक सैन्य परिचालन अन्तर्गत लगभग ३ लाख सैनिक तैनाथी गरेकाले भविष्यमा थप कठिन लडाइँहरूका लागि तयारी गरिरहेको युक्रेनको बुझाइ छ । 

‘परिचालनको दोस्रो चरणअन्तर्गत लगभग डेढ लाख सैनिकहरूले विभिन्न शिविरमा प्रशिक्षण थालेका छन्,’ रेज्निकोभले बताए । 

‘युद्धको प्रशिक्षण लिनका लागि नयाँ सैनिकहरूलाई कम्तीमा तीन महिना लाग्छ,’ उनले थपे, ‘अक्टोबर महिनाबाट प्रशिक्षण थालेका उनीहरू डिसेम्बर अन्त्यसम्ममा तयार भइसक्नेछन् ।’

पुटिनले यो युद्ध सन् २०२३ मा पनि जारी रहन सक्ने संकेत यसअघि नै दिइसकेका छन् । युद्ध रोक्नका लागि रुससँग कुनै कारण नरहेको रुसी टिप्पणीकारहरू बताउँछन् । 
 

salt training

कमेन्ट गर्नुहोस्