×

NMB BANK
NIC ASIA

राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि सकिँदैनः देव गुरुङ

पुस १, २०७९

NTC
Premier Steels

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि नसकिने बताएका छन् । मुलुकमा आर्थिक  तथा वैदेशिक हस्तक्षेप चुलिएको बेला राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन हुने उनको भनाइ थियो । 

Muktinath Bank

संवाद डबलीले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव गुरुङले यो व्यवस्था र प्रणाली रहुन्जेल राजनीतिक दलहरुको नेतृत्वले नै मुलुकको नेतृत्व गर्नुको विकल्प नरहेको स्पष्ट पारे । उनले राजनीतिक दलहरुभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा आफ्नो दल र सत्तारुढ पाँचदलभित्र कहीँकतै पनि कुरा नउठेको जानकारी दिए । गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा अहिलेको राजनीतिक प्रणाली अनुकूलको दृष्टिकोण नभएको भन्दै उनले उत्त प्रस्ताव कुनै पनि हालतमा मान्य नहुने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘संस्थागत रुपमा मैले यस्तो कुनै जानकारी पाएको छैन । पार्टीमा पनि कुरा उठेको छैन । पाँच दलीय गठबन्धनमा पनि सो कुरा कतैबाट उठेको छैन । तर पनि हिजोबाट कतिपय मिडियाहरुमार्फत यो कुरा सुनिराखिएको छ । अब सुनेकै कुरा ठीक हो भने यो सोच, यो भिजन अहिलेको सिष्टम अनुकूलको भिजन होइन, दृष्टिकोण होइन । किनभने अहिलेसम्मको विकासको यात्राले के चाहिँ आत्मासातीकरण गर्दै आएको हो भने अब मुलुकको अगुवा दलहरुले गर्नुपर्छ’, महासचिव गुरुङले भने , ‘‘अहिलेको सन्दर्भमा दलहरुको नेताहरुको विकल्प छैन । दलहरुको विकल्प छैन । दलीय प्रणालीको विकल्प छैन । राजनीतिक पृष्ठभूमि र राजनीतिक पृष्ठभूमिबाट आएको लिडरहरुको विकल्प छैन ।’ 


Advertisment
Nabil box
Kumari

महासचिव गुरुङले यो व्यवस्थाको प्रस्तावक रहेको भन्दै अब बन्ने सरकारको नेतृत्वमा आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालको दाबी रहेको पनि बताए । तर, संसदमा कुनै पनि दलको बहुमत नभएकाले दलहरुबीचको सम्झौताबाट नै सरकारको नेतृत्व चयन हुने अवस्था मुलुकमा विद्यमान रहेको उनले बताए । 

Vianet communication

‘गिरिजाप्रसाद कोइराला अहिले हुनुहुन्न । एउटा सिंगो प्रचण्ड मात्रै बाँकी रहनु भएको छ । त्यसकारणले यो संकट पर्दाखेरी स्टेटम्यानसिप लिएका पात्रहरु अगाडि बढ्ने कि नबढ्ने भन्ने प्रश्न छ । मुलुकमा जुन समस्याहरु पैदा भएको छ । यो अवस्थामा मुलुकको अभिभावकको रुपमा रहेको, मुलुकको यो व्यवस्थाको प्रस्तावको रुपमा रहेको, यो मुलुकको संरक्षकको रुपमा रहेको नेतृत्व अगाडि बढ्ने कि नबढ्ने भन्ने प्रश्न आउँछ’, गुरुङले भने , ‘नर्मल रुपमा पनि यस्तो खालको संकटहरु पैदा भएको बेलामा मुलुकको संरक्षक, मुलुकको प्रस्ताव र मुलुकको अभिभावकहरु अगाडि बढन जरुरी छ भन्ने लाग्छ । अवको चुनौतिलाई फेस गर्नका लागि सायद माओवादी विचार, माओवादी चिन्तन, माओवादी दृष्टिकोण, त्यही आधारमा लिडरसिपको हिसावले पनि अगाडि बढ्नुपर्छ भन्ने मान्यता हो । तर संसदको अवस्था हेर्दाखेरी दलहरुबीच सम्झौताको बाटो खोज्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x