१९ असार २०८३, शुक्रबार

‘को रोनाल्डो ? म चिन्दिनँ,’ साउदी अरबको क्लबका अध्यक्षले खारेज गरे सबै हल्ला

पुस १, २०७९
‘को रोनाल्डो ? म चिन्दिनँ,’ साउदी अरबको क्लबका अध्यक्षले खारेज गरे सबै हल्ला

साउदी अरबको क्लब अल–नासरले फूटबल सुपरस्टार क्रिास्टियानो रोनाल्डोलाई माटो रकम तिरेर किन्न खोजिरहेको हल्ला चलेको बेलामा क्लबका अध्यक्षले त्यसलाई खारेज गरेका छन् । 

अध्यक्ष मुसल्ली अल मुअम्मार अल मुअम्मारले ३७ वर्षीय रोनाल्डोलाई भित्र्याउने विषयमा चलेको हल्लालाई भाउ दिएनन् । 

अली अल–इनेजी नामक पत्रकारले खिचेको भिडियोमा अल मुअम्मारलाई रोनाल्डाका बारेमा सोध्दा उनले भने, ‘को हो रोनाल्डो ? म उनलाई चिन्दिनँ ।’

पोर्चुगलका खेलाडी रोनाल्डो आफ्नो टीम क्वार्टरफाइनलमा मोरक्कोसँग हारेपछि रुँदै मैदानबाट बाहिरिएका थिए । अहिले उनी क्लबविहीन छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्