१३ असार २०८३, शनिबार

सिरहामा कटुवा पेस्तोलसहित पक्राउ

सिरहामा कटुवा पेस्तोलसहित पक्राउ

इलाका प्रहरी कार्यालय विष्णुपुर सिरहाबाट खटिएको टोलीले एक जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ । 

प्रहरी नायब निरीक्षक गोविन्दकुमार खत्रीको नेतृत्वको गस्ती टोलीले बुधबार राति जिल्ला सिरहा विष्णुपुर गाउँपालिका–३ राजपुर बस्ने जितलाल दास तत्माको छोरा २२ वर्षीय विन्दे भन्ने सावनकुमार दासलाई शङ्का लागि जाँच गर्ने क्रममा निजको साथबाट कटुवा पेस्तोल एक थान, गोली राउण्ड एक, रेडमी कम्पनीको स्क्रिन टच मोबाइल एक थान, एनसेल सिम एक थान र नागरिकताको प्रतिलिपि एक थानसमेत फेला पारी रीतपूर्वक बरामद गरी  निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याइएको हो ।  

जिल्ला अदालत सिरहाबाट हातहतियार तथा खरखजाना मुद्दामा पाँच दिनको म्याद लिई जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्