काठमाडौँ महानगरपालिकाको २८ औं महानगर दिवसको उपलक्ष्यमा नेपाली सेनाले मंसिर २८ गतेबाट जंगी अड्डास्थित सैनिक केन्द्रीय पुस्तकालय अगाडिको खेल मैदानमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
सो स्वास्थ्य शिविरमा पुरुष ६८१, महिला ७३६ तथा बालबालिका ६५ गरी जम्मा १४८२ जनालाई जनरल मेडिसिन, सर्जरी, कार्डियोलोजी, नाक, कान, घाटी, छाला रोग, छाती सम्बन्धी रोग, स्त्री रोग, बाल रोग, नसा तथा मानसिक रोग, हाड जोर्नी, आँखा सम्बन्धी रोग, अल्ट्रासाउन्ड, एक्स-रे, फिजियोथेरापी, दन्त स्वास्थ्य परामर्शलगायतका स्वास्थ्य सेवाहरु उपलब्ध गराइएको सेनाले जनाएको छ । उनहरुलाई चिकित्सकहरुको सिफारिस अनुसार निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।
साथै, उक्त स्वास्थ्य शिविर संचालन गर्नका लागि छाउनीस्थित वीरेन्द्र अस्पतालबाट आवश्यक औषधीसहित डाक्टर अधिकृत, फर्माशिष्ट, सैनिक उपचारिका तथा नर्सिङ्ग अर्दली गरी जम्मा ११७ जना स्वास्थ्यकर्मी खटिएका थिए ।