२८ जेठ २०८३, बिहीबार

निर्वाचन आयोगले आज बुझाउँदैछ प्रदेश सभा सदस्य निर्वाचनको प्रतिवेदन

निर्वाचन आयोगले आज बुझाउँदैछ प्रदेश सभा सदस्य निर्वाचनको प्रतिवेदन

निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन आज बुझाउँदैछ । सात वटै प्रदेशका प्रमुखहरुलाई सो प्रतिवेदन आज एकै समयमा बुझाइने आयोगले जनाएको छ । 

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आज दिउँसो १ बजे प्रदेशका प्रमुखहरुलाई प्रतिवेदन बुझाइने छ । प्रतिवेदन बुझाउन आयोगका पदाधिकारीहरु प्रदेश राजधानीमा पुगिसकेको उनले जानकारी दिए । 

प्रतिवेदन बुझाएपछि सबै प्रदेश राजधानीमा पत्रकार सम्मेलन गरी सम्बन्धित प्रदेशको अन्तिम परिणाम सार्वजनिक गर्ने तयारी आयोगले गरेको उनले बताए ।  प्रदेशसभातर्फ प्रत्यक्षबाट ३३० र समानुपातिकबाट २२० गरी ५५० जना सांसद निर्वाचित भएका छन् । 

आयोगले प्रतिवेदन बुझाएपछि सात वटै प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्नेछ । आयोगले प्रतिनिधिसभातर्फको अन्तिम निर्वाचन प्रतिवेदन गत बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाइसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्