२१ असार २०८३, आइतबार

स्थानीय तहको काम जनमुखी, पारदर्शी र जवाफदेही हुनुपर्छ : प्रधानमन्त्री

स्थानीय तहको काम जनमुखी, पारदर्शी र जवाफदेही हुनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको काम कारबाही जनमुखी, पारदर्शी र जवाफदेही हुनुपर्ने बताएका छन् । नागरिकको नजिकको सरकार भएकाले पनि स्थानीय तहको कामकारबाही नागरिकप्रति जवाफदेही हुनुपर्ने प्रष्ट पारे । 

ललितपुर महानगरपालिकाको १०४औँ स्थापना दिवसको अवसर पारेर शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले नेपालको संविधानले स्थानीय तहलाई विकास, निर्माण र जनसेवाको आधारस्तम्भको रुपमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेकाले सोही अनुसारको काम हुनुपर्ने उल्ल्ेख गरे । 

प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले जनताको अपेक्षा अनुसार विश्वका अन्य मुलुकमा पनि नेपाल र नेपाली जनताको पहिचान हुने गरी आफ्नो कामलाई अघि बढाएको भन्दै प्रसंशासमेत गरे । उनले ललितपुर महानगरपालिकालाई सांस्कृतिक स्मार्ट शहरको रुपमा विकास हुने गरी काम गर्नुपर्नेमा पनि जोड दिए । उनले ललितपुर महानगरपालिकाले नमूना महानगरपालिकाको रुपमा आफूलाई अघि बढाएको बताए । 

त्यसअवसरमा प्रधानमन्त्री देउवाले नागरिकलाई खुशी बनाउने गरी ललितपुर महानगरपालिकाको सम्पदाहरूको संरक्षण र सम्बद्र्धनको काम भइरहेको भन्दै त्यसलाई निरन्तरता दिएर अघि बढ्न थप क्रियाशील हुन आग्रह गरे । भौतिक पूर्वाधारहरूको विकास गर्दा नागरिकको जीवनलाई सहज हुने गरी अघि बढाउन पनि स्थानीय तहका जनप्रतिनिधिहरुले मिलेर काम गर्नुपर्ने उनको भनाइ थियो । 

salt training

कमेन्ट गर्नुहोस्