१९ असार २०८३, शुक्रबार
प्रधानमन्त्रीमा प्रयास

देउवासमक्ष प्रचण्डले गरे प्रधानमन्त्रीको दावी, गठबन्धनमा छलफल गर्ने आश्वासन

देउवासमक्ष प्रचण्डले गरे प्रधानमन्त्रीको दावी, गठबन्धनमा छलफल गर्ने आश्वासन

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर औपचारिकरूपमा प्रधानमन्त्रीको दावी गरेका छन् । 

शनिबार दिउँसो प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार गएका थिए । उक्त भेटमा गठबन्धनबाट आफूलाई प्रधानमन्त्री बन्न सघाउन प्रचण्डले देउवालाई भनेको प्रचण्डको सचिवालय स्रोतले बताएको छ । 

‘प्रचण्डले पहिलो पटक अहिलेको गठबन्धनबाट आफू प्रधानमन्त्री बन्नुपर्ने दावी कांग्रेस सभापतिसँग गर्नुभएको हो’, प्रचण्डको सचिवालय स्रोतले भन्यो । 

यसअघि प्रचण्डले विभिन्न सार्वजनिक कार्यक्रममा आफू प्रधानमन्त्री बन्ने दावी गर्दै आएका थिए । 

अहिले माओवादी केन्द्र सीट संख्याको हिसाबले सानो भए पनि निर्णायक शक्तिकोरुपमा रहेको प्रचण्डले उल्लेख गर्ने गरेका छन् ।

केही दिन अघि माओवादी निकट पत्रकारहरुसँगको छलफलमा प्रचण्डले आफूहरु ६० सीट होल्ड गर्न सक्ने अवस्थामा रहेको भन्दै घुमाउरोरुपमा प्रधानमन्त्री हुने आशय व्यक्त गरेका थिए । 

त्यसलगत्तै पोखरा पुगेर उनले आफू चाँडै देशको देशको नेतृत्व गर्ने अवस्थामा पुग्न लागेको बताएका थिए ।

प्रचण्डको प्रस्तावमा देउवाले स्पष्ट जवाफ भने नदिएको प्रचण्डको सचिवालय स्रोतले बताएको छ ।

गठबन्धनभित्र जस्तो सहमती बन्छ त्यसआधारमा अघि बढ्न तयार रहेको देउवाले प्रचण्डलाई बताएको स्रोतको दावी छ । 

प्रचण्डको प्रस्तावको विषयमा चाडै गठबन्धन बैठकमा छलफल हुने आश्वासन पनि देउवाले दिएका छन् ।  

salt training

कमेन्ट गर्नुहोस्