×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीमा प्रयास

देउवासमक्ष प्रचण्डले गरे प्रधानमन्त्रीको दावी, गठबन्धनमा छलफल गर्ने आश्वासन

पुस २, २०७९

NTC
Premier Steels

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर औपचारिकरूपमा प्रधानमन्त्रीको दावी गरेका छन् । 

Muktinath Bank

शनिबार दिउँसो प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार गएका थिए । उक्त भेटमा गठबन्धनबाट आफूलाई प्रधानमन्त्री बन्न सघाउन प्रचण्डले देउवालाई भनेको प्रचण्डको सचिवालय स्रोतले बताएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रचण्डले पहिलो पटक अहिलेको गठबन्धनबाट आफू प्रधानमन्त्री बन्नुपर्ने दावी कांग्रेस सभापतिसँग गर्नुभएको हो’, प्रचण्डको सचिवालय स्रोतले भन्यो । 


Advertisment
Nabil box
Kumari

यसअघि प्रचण्डले विभिन्न सार्वजनिक कार्यक्रममा आफू प्रधानमन्त्री बन्ने दावी गर्दै आएका थिए । 

Vianet communication

अहिले माओवादी केन्द्र सीट संख्याको हिसाबले सानो भए पनि निर्णायक शक्तिकोरुपमा रहेको प्रचण्डले उल्लेख गर्ने गरेका छन् ।

केही दिन अघि माओवादी निकट पत्रकारहरुसँगको छलफलमा प्रचण्डले आफूहरु ६० सीट होल्ड गर्न सक्ने अवस्थामा रहेको भन्दै घुमाउरोरुपमा प्रधानमन्त्री हुने आशय व्यक्त गरेका थिए । 

त्यसलगत्तै पोखरा पुगेर उनले आफू चाँडै देशको देशको नेतृत्व गर्ने अवस्थामा पुग्न लागेको बताएका थिए ।

प्रचण्डको प्रस्तावमा देउवाले स्पष्ट जवाफ भने नदिएको प्रचण्डको सचिवालय स्रोतले बताएको छ ।

गठबन्धनभित्र जस्तो सहमती बन्छ त्यसआधारमा अघि बढ्न तयार रहेको देउवाले प्रचण्डलाई बताएको स्रोतको दावी छ । 

प्रचण्डको प्रस्तावको विषयमा चाडै गठबन्धन बैठकमा छलफल हुने आश्वासन पनि देउवाले दिएका छन् ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x