०६ साउन २०८३, बुधबार

कांग्रेस कार्य सम्पादन समिति बैठक बस्दै, संसदीय दलको चुनावमा केन्द्रित हुने

कांग्रेस कार्य सम्पादन समिति बैठक बस्दै, संसदीय दलको चुनावमा केन्द्रित हुने

सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । अपरान्ह ३ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा बस्ने बैठकमा संसदीय दलको निर्वाचनका विषयमा आवश्यक निर्णय लिने बताइएको छ । 

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी तथा सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठकले अधिकारसम्पन्न निर्वाचन समिति गठन गर्ने र त्यसले संसदीय दलको निर्वाचन गराउने जिम्मेवारी पाउने कांग्रेस नेताहरुले बताएका छन् । 

आजको बैठकपछि संसदीय दलको निर्वाचनको मिति पनि तय हुनसक्ने नेताहरुको भनाइ छ । यसअघिसम्म पार्टी सभापति शेरबहादुर देउवाले पुस ३ पछि संसदीय दलको निर्वाचन गर्ने बताउँदैआएका थिए । त्यसको तयारी स्वरुप सभापति देउवाले कांग्रेस सांसदहरुलाई व्यक्तिगत र सामुहिक रुपमा भेटघाट गर्दैआएका छन् । 

संसदीय दलको नेता नै आगामी प्रधानमन्त्रीको उम्मेदवार हुने व्यवस्था भएकाले कांग्रेसमा संसदीय दलको नेता निर्वाचनका लागि चासो रहनेगरेको छ । संसदीय दलको नेतामा सभापति देउवा, महामन्त्री गगन थापा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता डा. शेखर कोइराला लगायतले इच्छा व्यक्त गरेका छन् । 

कमेन्ट गर्नुहोस्