३१ जेठ २०८३, आइतबार

विश्वकपका विशिष्ट पाहुनालाई मीठो परिकार बनाएर खुवाउने बराल

विश्वकपका विशिष्ट पाहुनालाई मीठो परिकार बनाएर खुवाउने बराल

केही समयअघि मलेखुको बजारमा माछा र आलुचप बेच्न शुरु गरेर यो क्षेत्रमा लागेका एक नेपाली अहिले कतारमा जारी फिफा विश्वकपमा आएका विशिष्ट पाहुनालाई मीठो परिकार बनाएर खुवाउने जिम्मेवारीमा छन् । मामाबाट यो क्षेत्रमा लाग्ने प्रेरणा पाएको बताउने विनोद बराल अहिले फिफा वर्ल्ड कप २०२२ का विशिष्ट पाहुनाहरूका लागि खाना तयार पार्ने र खुवाउने काम गरिरहेका छन् । 

“फिफामा मेरो भूमिका भनेको भीभीआईपीका लागि मेन्यू बनाउने र प्रोडक्शन गर्ने (खाना बनाउने) र सेवा गर्ने काम हो। फिफा वर्ल्ड कप २०२२ का लागि दोहा आएको ९० दिन भयो।” बरालले बताए ।

पोखरा कास्कीका स्थायी बासिन्दा बरावल अध्ययनको सिलसिलामा सन् १९९९ मा बेलायत पुगेका थिए। आफूले काम गर्दैआएको एउटा अन्तर्राष्ट्रिय कम्पनीमार्फत्‌  आफू अहिले दोहा पुगेको उनले बताएका छन् । खेलको फाइनल खेल कसले जित्छ कसले हार्छ भन्ने एकिनसाथ भन्न नसकिने बताउँदै उनले जो हारे जिते पनि सम्मानसाथ लिनुपर्ने बताए । बुवा गोरखा लाहुरेमा रहेको र मामाले मलेखुमा माछा आलु चप बेच्ने व्यवसायमा भएकाले आफू त्यहीबाट यो क्षेत्रमा लाग्ने प्रेरणा पाएको उनले बताए । 

बीबीसीको सहयोगमा ।

salt training

कमेन्ट गर्नुहोस्