०९ असार २०८३, मंगलबार

रसुवाका शिक्षाप्रेमी तथा पर्यटन व्यवसायी न्यौपाने सम्मानित

रसुवाका शिक्षाप्रेमी तथा पर्यटन व्यवसायी न्यौपाने सम्मानित

दुर्गम गाउँमा विद्यालय भवन निर्माण तथा छात्रछात्रालाई शैक्षिक सामग्री प्रदान गर्ने कालिका गाउँपालिका –५ ज्याङ्लाङ निवासी दुर्गानाथ न्यौपाने (बलराम) सम्मानित भएका छन् । रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष न्यौपानेलाई रसुवास्थित दुप्चेश्वर आभारभूत विद्यालय खाल्चेतले विशेष कार्यक्रम आयोजना गरी  सम्मान गरेको हो ।

निजी क्षेत्रका दाताबाट आर्थिक सहयोग जुटाइ विगतका समयमा गुणस्तरीय विद्यालय भवन निर्माण गर्नुका साथै अध्ययनरत छात्रछात्रालाई शैक्षिक सामग्रीसमेत उहाँले प्रदान गर्दै आउनुभएको छ । शिक्षाप्रेमी एवं सामाजिक अभियानकर्मी न्यौपानेलाई विद्यालयको अगुवाइमा समुदायस्तरबाटै सम्मान गरिएको प्रधानाध्यापक भरत तामाङले बताए ।  

विसं २०७२ को भूकम्पले अधिकांश घर पूर्णरूपमा क्षति भएको अवस्थामा समेत सो विद्यालयको भवनमा क्षति नभएको जनाइएको छ । सोही कार्यक्रमअन्तर्गत खाल्चेत गाउँमा विद्यालय स्थापना गराइ शैक्षिक जागरण ल्याउने संस्थापक अध्यक्ष एवं ज्येष्ठ नागरिक बाबुलाल तामाङलाई सम्मान र स्थापनादेखि अविछिन्नरूपले अध्ययन गराइ सेवानिवृत्त भएका शिक्षक प्रेमप्रसाद पौडेललाई बिदाइ गरिइएको थियो ।

यस्तै सामाजिक अभियानकर्मी न्यौपानेको सहयोगअन्तर्गत धैवुङ तथा भोर्ले क्षेत्रका थुप्रै विद्यालय लाभान्वित भएका छन् । विगतमा ज्याङ्लाङ विद्यालयको भवन निर्माण, नमूमा मावि जिवजिवेलाई जग्गा खरिद र भवन निर्माणमा सहयोग, बेताङ, सरसिउ, घोर्मु, सिस्नेरी, धारापानी, कालिका, बोगटीटारसमेतका थुपै विद्यालयमा आर्थिक तथा शैक्षिक सामग्री प्रदान गर्दैआएका थिए । विगतमा जिवजिवे अस्पताललाई स्वास्थ्य उपकरण, जग्गा खरिदका लागि आर्थिकसमेत व्यवस्थापन गरेका थिए । रासस

salt training

कमेन्ट गर्नुहोस्