निर्वाचन आयोगले समानुपातिक निर्वाचित प्रणालीतर्फ निर्वाचित सांसदहरूलाई आइतवार प्रमाणपत्र वितरण गर्दैछ । प्रतिनिधि र प्रदेश सभातर्फ निर्वाचित सांसदहरूलाई आयोगले प्रमाणपत्र वितरण गर्न लागेको हो ।
प्रमाणपत्र लिन सांसदहरू आफन्तसहित निर्वाचन आयोगको कार्यालय पुगिरहेका छन् । कान्तिपथस्थित आयोगको कार्यालय पुगेर सांसदहरूले प्रमाणपत्र ग्रहण गर्ने छन् ।
मंसिर ४ गते सम्पन्न निर्वाचनबाट प्रतिनिधि सभातर्फ ११० जना र प्रदेश सभातर्फ कूल २२० जना सांसद निर्वाचित भएका छन् । आयोगले दलहरूले बुझाएको बन्दसूचीका आधारमा निर्वाचित सांसदहरूको नाम घोषणा गरेको थियो ।







