०६ साउन २०८३, बुधबार

कांग्रेसले बनायो संसदीय दलको चुनाव गराउने समिति

कांग्रेसले बनायो संसदीय दलको चुनाव गराउने समिति

नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न ३ सदस्यीय निर्वाचन समिति बनाएको छ । आइतवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री भीष्मराज आङ्देम्बेको संयोजकत्वमा निर्वाचन समिति बनाएको हो । 

समितिका सदस्यहरुमा प्रकाश स्नेही र पुष्पा भुसाल रहेका छन् । सोही समितिले संसदीय दलको चुनाव गराउने छ । समितिले चाँडै बैठक बसेर संसदीय दलको नेताको चुनावको मिति तोक्ने र चुनाव गर्ने कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र गगन थापाले आकांक्षा राखेका छन् । 

प्रधानमन्त्रीको उम्मेदवार हुनका लागि संसदीय दलको नेता बन्नुपर्ने संवैधानिक व्यवस्था छ । 
 

salt training

कमेन्ट गर्नुहोस्