१० साउन २०८३, आइतबार

जग्गा प्राप्तिका लागि गठित समितिले बुझायो प्रतिवेदन

जग्गा प्राप्तिका लागि गठित समितिले बुझायो प्रतिवेदन

प्रदेश १ को राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन जग्गा व्यवस्थापनका लागि गठित समितिले आइतवार मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई प्रतिवेदन बुझाएको छ । समितिका संयोजक आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले मुख्यमन्त्री राईलाई प्रतिवेदन बुझाएका हुन् ।

गत वर्षको माघ १६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश १ को राजधानीका लागि प्रशासनिक संरचनाहरू बनाउन जग्गा व्यवस्थापन गर्न मन्त्री कार्कीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले यस अवधिमा सार्वजनिक सूचना प्रकाशित गरी आवश्यक जग्गाको माग गरेको थियो । सोअनुरुप विभिन्न स्थानबाट जग्गा दिने प्रतिबद्धता प्राप्त भएको कार्कीले बताए । 

कार्यदलमा विराटनगर, कटहरी, ग्रामथान, बूढीगंगा, दुहबी, इटहरी र सुन्दरहरैंचा नगरपालिकाहरूका प्रमुखहरू सदस्य रहेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्