
टीभीएस मोटर कम्पनीको नेपालका लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले धनगढीमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । राइड शनिवार पुष २ गते धनगडी शोरुमबाट शुरु भएर शालिनी वाटिका एण्ड ईको रिसोर्ट गोदावरीमा पुगेर सम्पन्न भएको थियो ।
उक्त राइडमा सहभागीहरूबीच विभिन्न गेमहरू पनि खेलाइएको थियो । साथै सहभागी सम्पूर्ण राइडरहरूलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै आकर्षक उपहारहरू पनि प्रदान गरिएको थियो ।
करिब ५० जना राइडरहरू सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरूका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनु पर्ने नियम र सुरक्षाको जानकारी दिएका थिए ।