
पूर्वी नवलपरासीको गैंडाकोटदेखि चीनको सीमा कोराला जोड्ने कालीगण्डकी करिडोरमा कालोपत्रे गर्ने काम शूरू भएको छ । गैंडाकोटदेखि मुस्ताङ हुँदै चीनको कोरला जोड्ने ४ सय ३५ किलोमिटर लामो कालीगण्डकी करिडोरको काम विभिन्न चरणमा भइरहेको छ ।
करिडोरमा पर्ने गुल्मीको रुद्रबेनीदेखि हर्मीचौर खण्डमा कालोपत्रे गर्ने काम शुरु भएको छ । नेकपा एमालेका उपमहासचिव एवं गुल्मीका पूर्वसांसद प्रदीप ज्ञवालीले करिडोरको अवलोकन गरेका छन् ।
हजार वर्षअघि भोट र भारत व्यापार गर्न रेशम (सिल्क) मार्गको रूपमा चालू रहेको यो सडकले करिडोरको रूप लिन थालेको छ । करिडोर सम्पन्न भएपछि गण्डकी र लुम्बिनी प्रदेशका पहाडी जिल्लामा आर्थिक चहलपहल बढ्ने विश्वास गरिएको छ ।