२५ असार २०८३, बिहीबार

नेकपा एसको संसदीय दलको बैठक बस्दै, प्रदेश सभा सदस्यहरू पनि काठमाडौंमा

नेकपा एसको संसदीय दलको बैठक बस्दै, प्रदेश सभा सदस्यहरू पनि काठमाडौंमा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले उपत्यका बाहिर रहेका आफ्ना प्रतिनिधि सभा सदस्यलाई काठमाडौं बोलाएको छ । पार्टीले संसदीय दलको नेता छनोटका लागि ती सदस्यलाई केन्द्रमा बोलाएको हो ।

प्रतिनिधि सभामा १० सदस्य निर्वाचित पार्टीका नेता चयनका लागि सोमवार दिउँसो बैठक बस्ने र त्यसका लागि सबै प्रक्रिया शुरु भइसकेको छ । संसदीय दलको नेतृत्व छनोट गर्न बैठक बस्न लागेको पार्टी कार्यालय सचिव तथा उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । 

उनका अनुसार पार्टीले दलको नेतामा अध्यक्ष माधवकुमार नेपाललाई प्रस्ताव गर्ने र सर्वसम्मत भएमा उनलाई सो पदको जिम्मेवारी दिने छ । पार्टीका तर्फबाट प्रदेश सभा सदस्यलाई पनि केन्द्रमा बोलाइएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यलाई आजै स्वागत तथा सम्मान पनि गरिने कार्यक्रम तय भएको छ ।

स–साना छरिएका कम्युनिष्ट पार्टी, वामपन्थी शक्तिका साथै समान राजनीतिक दृष्टिकोण भएका समूहलाई एकताबद्ध गर्ने नीति लिएको पार्टीले नयाँ जनप्रतिनिधिलाई जनताप्रति थप उतरदायी बनाउन शीर्ष नेतृत्वबाट छिट्टै प्रशिक्षण दिने उपमहासचिव तुलाधरले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्