नेकपा एमालेले पार्टीबाट प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित भएकाहरूलाई बधाई दिने कार्यक्रम आयोजना गर्ने भएको छ ।
मंगलवार दिउँसो १२ बजे प्रज्ञा प्रतिष्ठान कमलादीमा नव निर्वाचित सांसदहरूका लागि बधाई तथा शुभकामना दिने कार्यक्रम आयोजना गरिएको एमालेको प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले बताए ।
बधाई तथा शुभकामना दिने कार्यक्रमलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने उनले बताए ।