०६ साउन २०८३, बुधबार

रुस र चीनका जलसेनाले पूर्वी चीन सागरमा संयुक्त अभ्यास गर्ने

पुस ४, २०७९
रुस र चीनका जलसेनाले पूर्वी चीन सागरमा संयुक्त अभ्यास गर्ने

रुसको रक्षा मन्त्रालयले आफ्नो र चिनियाँ जलसेनाको संयुक्त अभ्यास पूर्वी चीन सागरमा यस साताबाट शुरू हुने जनाएको छ । 

बुधवारदेखि शुरू हुने अभ्यास डिसेम्बर २७ सम्म चल्ने उसले जानकारी दिएको हो । अभ्यासमा रुसी जलसेनाको प्रशान्त बेडा, फ्रिगेट तथा अन्य किसिमका जहाजहरू संलग्न रहनेछन् । 

चीनले अन्य जहाजका अलावा दुईवटा डिस्ट्रोयर पनि पठाउने रुसले जनायो । 

अभ्यासका क्रममा पनडुब्बीप्रतिरोधी युद्ध तथा मिसाइल प्रक्षेपण तालिम पनि संयुक्त रूपमा गरिनेछ । 

एसिया प्रशान्त क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्नका लागि दुई सेनाबीचको सहकार्य बलियो बनाउने उद्देश्यले अभ्यास गरिएको रुसको रक्षा मन्त्रालयले बताएको छ । 

चीनले यस अभ्यासका बारेमा टिप्पणी गर्न बाँकी छ ।
 

salt training

कमेन्ट गर्नुहोस्