११ साउन २०८३, सोमबार

जनचाहनाअनुसार काम गर्न सकिएन : मुख्यमन्त्री राई

जनचाहनाअनुसार काम गर्न सकिएन : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश सरकारले पहल गर्दागर्दै पनि जनताको आवश्यकता र चाहनाअनुसार काम गर्न नसकेको बताएका छन् । नेपाल पत्रकार महासंघ प्रदेश १ समितिको दोस्रो वार्षिक साधारणसभाको आज विराटनगरमा उद्घाटन गर्दै उनले प्रदेश सरकारले जनअपेक्षाअनुसार नतिजा दिन नसकेको स्वीकारे । 

मुख्यमन्त्री राईले असुविधा र हतारबाट बनेको प्रदेशको गठबन्धन सरकारले सञ्चार क्षेत्रलाई अत्यन्त महत्व दिएको दाबी गर्दै बजेटको सीमितताले सञ्चार क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताए । प्रदेश सरकारले पत्रकार महासंघको भौतिक विकासका लागि प्रत्येक जिल्लामा भवन निर्माण गर्न बजेट विनियोजन गरेको उल्लेख गर्दै उनले लोकतन्त्रलाई सुदृढ गर्न सञ्चार क्षेत्रले रचनात्मक एवं आलोचनात्मक भूमिका निर्वाह गर्नुपर्ने कुरामा जोड दिए । 

त्यस अवसरमा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले राजनीतिक तथा सामाजिक परिवर्तनमा नेपाली पत्रकारिताको महत्वपूर्ण योगदान रहेको बताए । यातायात तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले श्रमजीवी पत्रकारका हक, हित र अधिकारका लागि प्रदेश सरकार सदैव तयार रहेको स्पष्ट पारे । 

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकारको पेशागत सुरक्षा हुनुपर्नेमा जोड दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्