अफगानिस्तानमा तालीवानी समूहको आक्रमण निरन्तर चलिरहेकाले त्यहाँको सरकारले छात्राहरुलाई कलेज पढ्नबाट रोक लगाएको छ । तालिवान सरकारका अनुसार हिजो मंगलबार देशभर त्यसबारे सूचना जारी गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
महिला अधिकारमा अफगानिस्तान सरकारले प्रतिवद्धता जनाए पनि पछिल्लो घटनाले त्यस्तो सूचना जारी गर्नुपरेको अफगानिस्तान सरकारले जनाएको छ । महिलालाई माथिदेखि तलसम्म शरीर ढाक्ने कपडा लगाउन पनि उर्दीगरेको छ । त्यहाँ विद्यालयमा छात्र र छात्राको कक्षा अलग अलग पढाइने व्यवस्था गरेको छ ।
छात्र र छात्रा एउटै कक्षामा अध्ययन गर्दा अनेक व्यवधान आउने भन्दै त्यहाँको सरकारले अलग अलग कक्षा सञ्चालनको व्यवस्था गरेको जनाउँदैआएको छ । हाइ एजुकेशन मिनिस्ट्रका प्रवक्ता जियाउल्लाह हासमीका अनुसार देशभर छात्रालाई निजी र सरकारी क्याम्पसमा अध्ययनमा रोक लगाइएको छ ।
अफगानिस्तानी सरकारले महिलालाई सार्वजनिक स्थानमा जान पनि रोक लगाएको छ । सञ्चारमाध्यमले जनाएअनुसार त्यहाँ महिलाको अधिकारलाई कुण्ठित गरिएको छ । यस विषयमा महिला अधिकारकर्मीहरुले विरोध जनाएका छन् ।