
संसदीय दलको नेताका लागि उम्मेदवार बनेका कांग्रेस महामन्त्री गगन थापाले जनताले पठाएको नासोप्रति इमान्दारिता प्रदर्शन गर्न सांसदहरुलाई आग्रह गरेका छन् । बुधवार सिहदरबारस्थित संसदीय दलको कार्यालयमा मतदान गर्न प्रवेश गर्नुअघि पत्रकारहरुसँग कुरा गर्दै थापाले संसदीय दलको चुनाव जित्नेमा आशावादी रहेको बताएका हुन् ।
‘कांग्रेसका सांसदहरुपनि जनताबाट निर्वाचित भएर आएकाले जनताले पठाएको नाासोप्रति इमान्दारिता गर्नुहुनेछ भन्ने विश्वास छ । कांग्रेसको भविष्यका लागि विवेकले मतदान गर्नुहुनेछ भन्ने मेरो विश्वास छ’ थापाले भने, ‘मेरो करकाप बल छैन, उम्मेदवार हुँदासम्म पार्टीको समूह, आज आएको सांसद कुनै समूहको होइन ।’
कांग्रेसका सबै सांसद जनताबाट निर्वाचित भएकोले कांग्रेस मात्र ठान्नु मतदाताप्रतिको सम्मान नहुने उनले बताए ।
संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिष्पर्धा हुँदैछ । बिहान ८ बजेबाठ शुरु हुने भनिएको मतदान बिहान पौने ९ बजे शुरु हुन लागेको छ ।