अर्जेन्टिनालाई विश्वकप फाइनलमा फ्रान्सविरुद्ध विजय दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका गोलकीपर एमिलियानो मार्टिनेजले फ्रान्सेली स्ट्राइकर किलियन एम्बाप्पेलाई फेरि जिस्क्याएका छन् ।
मंगलवार फूटबल टोलीले विजय जुलुस निकाल्ने क्रममा मार्टिनेजले एम्बाप्पको अनुहार कोरिएको पुतली बोकेका थिए ।
खुला छत भएको बसमाथि चढेर ब्युनस आयर्सको सडकमा जाँदै गर्दा मार्टिनेजले पुतलीलाई स्याहारेको देखिएको थियो ।
एम्बाप्पेसँगै पेरिस सेन्ट जर्माँ क्लबमा खेल्ने लियोनल मेसीसँगै उभिएर कम्मरमुनि नांगिएका मार्टिनेजले एम्बाप्पेलाई व्यंग्य कसेका हुन् ।
यसअघि मेसीलाई एक प्रशंसकले म्युटन्ट निन्जा टर्टलको पुतली फालेका थिए र मेसीले त्यसलाई समातेका थिए । पछि मेसीले हाँस्दै उक्त पुतली प्रशंसकतर्फ नै फ्याँकेका थिए ।
एम्बाप्पेलाई लोकप्रिय कार्टून शृंखलाको टर्टल निन्जा जस्तै अनुहार भएको भनी पीएसजीका साथीहरूले नै मजाक उडाउने गरेका छन् ।
Messi's reaction after being thrown a Teenage Mutant Ninja Turtle toy 😅
— ESPN FC (@ESPNFC) December 20, 2022
(via magussf/TT) pic.twitter.com/tk43qZEA49