२१ जेठ २०८३, बिहीबार

मुुलुकमा औद्योगिक वातावरण निर्माण गर्न आवश्यक : मन्त्री बडू

मुुलुकमा औद्योगिक वातावरण निर्माण गर्न आवश्यक : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकमा औद्योगिक वातावरण निर्माण गर्न आवश्यक रहेको बताएका छन्। जापानको श्रमिक सङ्गठन जिलाफले नेपाल ट्रेड युनियन कांग्रेससँगको सहकार्यमा आज आयोजना गरेको ‘औद्योगिक सम्बन्ध सम्मेलन’मा उनले मुलुकभित्र नै औद्योगिक वातावरण बनाएर रोजगारी र उत्पादन बढाउन आवश्यक रहेको बताए ।

“उद्योग र श्रमिकका समस्या तथा कानुन कहाँकहाँ छन्, त्यसलाई पहिचान गरेर समाधानतर्फ सरकार लाग्नेछ”, उनले भने । उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको उनको भनाइ छ ।

मन्त्री बडूले उद्योग क्षेत्रमा देखिएका नीतिगत तथा अन्य समस्या समाधान गर्न सरकार तयार रहेको बताए । उनले पछिल्लो समय मुलुकको अर्थतन्त्र सुधार गर्न समस्या भएको उल्लेख गरे । सरकारले मुलुकको आयात तथा निर्यातलाई सन्तुलनमा ल्याउन कोसिस गरिरहेको उहाँको भनाइ थियो । मन्त्री बडूले पछिल्लो समय नेपालमा आन्तरिक तथा वैदेशिक लगानी कममात्रामा आएको भन्दै चिन्ता व्यक्त गरे । 

नेपालको ट्रेड युनियन आन्दोलनमा लामो समय सहयोग पु¥याउँदै आएको जिलाफको सहयोगमा नेपालको नौ जिल्लामा विपन्न श्रमिकका बच्चालाई पढ्नका लागि विद्यालय निर्माण गरिदिनुका साथै शैक्षिक सामग्री सहयोग गर्दै आएको छ । दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा नेकपा (एमाले) निकट श्रम सङ्गठन (जिफन्ट) र नेकपा (माओवादी केन्द्र) निकट श्रम सङ्गठन आन्टुपकोसमेत सहभागिता थियो । 

salt training

कमेन्ट गर्नुहोस्