०८ असार २०८३, सोमबार

महानगरले ज्यादती गरेको स्थानीयको आरोप

महानगरले ज्यादती गरेको स्थानीयको आरोप

धोबीखोला करिडोरका घरधनीहरुले काठमाडौं महानगरले घर जग्गाको लालपूर्जा हुँदा समेत ज्यादती गरेको बताएका छन् । बुधवार काठमाडौं महानगरपालिकाको नगरप्रहरीको टोलीले डोजर लगाएर अनामनगर धोबीखोला करिडोरको जग्गा मिचेर घर बनाएको भन्दै डोजर चलाएको थियो ।

करिडोरका घरधनीहरुले महानगरले शक्तिको आडमा लालपूर्जा भएको घर समेत भत्काएर घरमा बस्नेहरुलाई बिचल्ली बनाएको गुनासो गरेका छन् । करिडोरमा घर हुने घरधनी प्रेमप्रसाद आचार्यले धोबीखोला करिडोरले करिडोर क्षेत्रभन्दा बाहिर घर रहेको बताए पनि महानगरले मनलाग्दी आएर घर भत्काइदिएको बताए । 

इन्जिनियरले समेत नापी गर्दा करिडोरको जग्गाभित्र घर नपर्ने देखाए पनि महानगरले ज्यादती गरेर घर भत्काएको उनको आरोप छ । करिडोरले आफ्नो जग्गामा सडक बनाएर पिच गरेर पर्खाल लगाएको जानकारी दिएको उनले बताए । महानगरले कुनै जानकारीबिना घर भत्काएर जनतालाई दुःख दिने काम गरेको उनले बताए । सरकारी जग्गा नभएको जानकारी दिँदा समेत निजी घर भत्काएर महानगरले आतंक फैलाएको उनले आरोप लगाए । 

अर्का घरधनीले केन्द्र सरकार र महानगरको दुई वटा नीतिले जनताले दुःख पाएको बताए ।  इन्जिनियरहरुले पनि फरक फरक चिन्ह दिएको भन्दै महानगरले विना सूचना घर भत्काउन उचित नभएको बताए । महानगरपालिकाको ज्यादतीविरुद्ध अदालत जाने उनले बताए । 

काठमाडौं महानगरपालिकाले अनामनगर धोबीखोला करिडोरको सरकारी जग्गामा बनाएका संरचना हटाउन सूचना जारी गर्दा समेत नमानेको भन्दै बुधवार डोजर प्रयोग गरी संरचनाहरु भत्काएको जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्