
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाही कालो भादगाउँले टोपी लगाएर शपथका लागि संसद् भवन पुगेका छन् ।
भ्रष्टाचारविरोधी अभियन्ताका रूपमा पहिचान बनाएका शाही जुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
पहिलो दिन संसदमा पाइला टेक्दै शाहीले अब राष्ट्रघात हुन नदिने बताए ।
'यसअघि सदनबाट राष्ट्रघात हुने खालका जति पनि सम्झौता भएका छन्, अब हुन दिँदैनौं,' शाहीले लोकान्तरसँग भने ।
उनले भ्रष्टाचारविरुद्धका विधेयक पनि अगाडि बढाउने बताए ।