
प्रतिनिधि सभातर्फ कन्चनपुर १ बाट निर्वाचित सांसद तारा लामा तामाङ सांसद पदको शपथ लिन संसद् भवन पुगेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी बुहारी बिना मगरलाई पराजित गर्दै उनी सांसद पदमा निर्वाचित भएका थिए ।
बिहीवार सांसद पदको शपथ लिनका लागि उनी राष्ट्रिय पोशाकमा संसद् भवन पुगेका थिए । उनी नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका हुन् । यसअघि २०७४ मा उनी सुदूरपश्चिम प्रदेश सभा सदस्य पदमा निर्वाचित भएका थिए । उनी सुदूरपश्चिम प्रदेश सरकारमा आर्थिक मामिला मन्त्री पनि बनेका थिए ।