२१ जेठ २०८३, बिहीबार
राजनीति

सरकार गठनका विषयमा गठबन्धनमा छलफल प्रारम्भ भएकै छैन : माधव नेपाल

सरकार गठनका विषयमा गठबन्धनमा छलफल प्रारम्भ भएकै छैन : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नयाँ सरकार गठनका बारेमा सत्तारुढ गठबन्धनबीच कुनै छलफल नभएको खुलासा गरेका छन् । नेपाली कांग्रेस संसदीय दलको नेता चयन नभएकाले गठबन्धनमा नयाँ सरकारका बारेमा औपचारिक छलफल हुन नसकेको उनले खुलासा गरेका हुन् । 

सांसद पदको शपथ लिन संसद् भवन पुगेका नेपालले सञ्चारकर्मीहरूसँग कुराकानीका क्रममा गठबन्धनमा छलफलको प्रारम्भ नै नभएको बताएका हुन् । ‘गठबन्धनका नेताहरूका बीचमा कुनै छलफल नै भएको छैन । हामीले छलफल प्रारम्भ गरेकै छैनौँ । हिजो बल्ल कांग्रेस संसदीय दलको नेताको चयन भएको छ । अस्ति बस्ने भनेको म बिरामी भएकाले छलफल हुन पाएन, अहिले पनि म बिरामी अवस्थामै छु । तर, आज, भोलिमा हामी छलफल गर्छौँ’, उनले भने ।  

अध्यक्ष नेपालले आज वा भोलि बस्ने बैठकमा समग्र राजनीति र सरकार गठनका विषयमा छलफल हुने बताए । ‘आज मिल्छ कि भोलि मिल्छ बस्छौँ । समग्र राजनीतिका बारेमा छलफल गर्छौँ । जनतामो चाहना के छ भन्ने कुरा छलफल गर्छौँ’, उनले भने । 

नेपाललाई ‘राष्ट्रपति बन्नुहुन्छ’ भनी पत्रकारहरूले सोधेको प्रश्नमा उनले आफूले कल्पनाका आधारमा जवाफ नदिने बताएका छन् । आफूले सहकर्मीहरूले ‘सिधैं जवाफ नदिनुहोस् जोगिएर जवाफ दिनुहोला’ भनेर सुझाव दिएको बताए । 

उनले कांग्रेस राष्ट्रपति र प्रधानमन्त्री दुवै पद अरुलाई दिन तयार हो की होइन भन्ने बारेमा छलफल हुने बताए । ‘कांग्रेस दुवै पद दिन तयार हो कि होइन भन्ने बारेमा छलफल गरेकै छैनौँ’, उनले भने । 

salt training

कमेन्ट गर्नुहोस्