
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत संसदीय दलको नेता चयन भएका छन् ।
माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रचण्डलाई दलको नेता चयन गरेको उनका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
माओवादी केन्द्रले सांसदको सपथ ग्रहण गरेपछि मात्रै संसदीय दलको बैठक बस्ने भनेर पर्खेको थियो । बिहीवार प्रतिनिधिसभाका सदस्यले सपथ ग्रहण गरेपछि माओवादी केन्द्रले संसदीय दलको बैठक राखेको हो ।
प्रमुख सचेतक हितराज पाण्डे निर्विरोध चयन गरिएको छ । आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
राष्ट्रियसभातर्फ दलको नेता नारायणकाजी श्रेष्ठ चयन गरिएको छ । प्रमुख सचेतक गोपीबहादुर सार्की अछामी र सचेतक गंगाकुमारी बेल्वासे पहिलेदेखि नै छन् ।