×

सरकारी अनलाइन प्रणाली : नागरिकलाई सास्ती कि सहज ?

पुस ७, २०७९

  • ईन्जिनीयर विष्णु गौतम

भर्खरै आमनिर्वाचन सकिएर नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्दै जाँदा देशकै महत्त्वपूर्ण २ सरकारी कार्यालयहरूले जनतालाई कसरी ठगिरहेका छन् र ठगिन बाध्य बनाइरहेका छन् भन्ने ध्यान कसैले नगरेको हुनसक्छ । सबैभन्दा पहिले पासपोर्ट विभागको गैरजिम्मेवारीपनलाई उल्लेख गर्न चाहन्छु ।

देशको अर्थतन्त्रलाई रक्तसञ्चार गराउन, वैदेशिक मुद्राको सञ्चितिमा सुधार गर्न र देशको कूल गार्हस्थमा २० प्रतिशतभन्दा बढी सहयोग पुर्‍याउने रेमिट्यान्सको स्रोतलाई नजरअन्दाज गर्नु आफैंमा लाजमर्दो कुरा हो । देशले वैदेशिक रोजगारमा जानेलाई सहयोग र सम्मान गर्न नसके पनि जान आउन सहजीकरण गरोस् भन्ने न हो ।


Advertisment

वैदेशिक रोजगारीको पहिलो पाइला पासपोर्ट बनाएपछि नै शुरू हुन्छ । जब गाउँघरतिर व्यवहारले पेल्दै जान्छ, छोराछोरी हुर्कन थालेपछि राम्रो पढाउने, लगाउने सपनाले पिरोल्दै जान्छ अनि साहुको ऋणले डाँडा काट्दै जान्छ, थोरै ऋण थपेर पासपोर्ट बनाउने हजारौं छन् गाउँबस्तीतिर । त्यस्तै गाउँतिर कि १ जना विक थरकी बहिनीले पनि १० कक्षा पढ्दै गरेको छोराको भविष्यका लागि मलेसिया जाने सपना बुन्छिन् । लगभग २ लाख जतिमा मलेसिया पठाउने मानिस पनि भेटिन्छ र ऋण दिने पनि । सरकारले ‘फ्री कोटा’ भन्छ, पैसा लाग्दैन भन्छ तर दूरदराजकी दलित बहिनीलाई कसले सिकाउने ? कसले सहयोग गर्ने ? अनि पासपोर्ट बनाउने प्रयास शुरू हुन्छ । नजिकैको बहिनीले फाराम शुल्क ५ हजार तिरेर पालो पाएको तीतो सत्य सुनेपछि मैले अनलाइन फारम भर्न सहयोग गर्ने निधो गरे । आखिर १०–१५ मिनेटको काम न हो ।


Advertisment

मैले वेबसाइट खोले । खोल्ने बित्तिकै सूचना रहेछ, त्यो पढ्ने बित्तिकै झसङ्ग भए । पैसा दिएर प्रलोभनमा परेर फाराम नभर्नु भन्ने रहेछ । नजानिँदो तरिकाले यो सूचनाले बाहिर फार्म भर्नेछन्, गएर त्यतै भर्नु भनेको रहेछ । हामी जस्ता सोझालाई यसले भनेको बुझ्न गाह्रो हुने । फाराम भर्ने काम के गाह्रो होला र भनेर मैले अनलाइन आवेदन भर्न शुरू गरे तर भोलिको लागि समय छैन भन्यो । लगातार ३ दिनजति कोसिस गरे । अनि फेरि दोहोर्‍याएर हेरेको अर्को सूचना रहेछ, ११ बजेबाट मात्र अनलाइन निवेदन खुल्छ भन्ने । अहिले ३ः३० भनेर फेरि लेखेको छ । आफैंलाई कुरीकुरी लाज लागेर आयो ।

जब अनलाइन प्रणालीमा गइसक्यो, तब फेरि ११ बजे राख्नुको तुक के होला ? ‘कार्यालय समय भएर हो नि !’ मेरो श्रीमतीले सिधा उत्तर फर्काइन् ।

अनि मैले अर्को दिन बिहान ११ बजेबाट अविच्छिन्न कोसिस गरी रहे । कहिले हाई ट्राफिक जाम भन्छ, जस्तो त्रिपुरेश्वरमा जाम हुन्छ । लगभग हप्ता दिनको प्रयास विफल भएपछि ती बहिनीलाई मैले विभाग नजिकैको फाराम भर्ने ठाउँतिर जान लगाए । ५ हजार तिर्ने बित्तिकै भर्न मिल्ने रहेछ त्यता । यसरी मिलेमतोमा दिउँसै रात पार्ने काम भइरहेको रहेछ । मेरो साढु दाजुले पनि नवीकरण गर्न लगभग १५ दिनको प्रयासमा विफल भएपछि गोरखा जाने निधो गरेका रहेछन् । मैले पनि ती बहिनीलाई जिल्लातिरै जान सुझाव दिए ।

मैले यो तरिका नजानेको हो वा के भएको हो भनेर बुझ्न त्यहाँ राखिएको फोन नम्बरमा सम्पर्क गरे तर सरकारी फोन के उठ्ला भन्ने उखान मिलेरै छाड्यो । ३ जना महानुभावहरूको तस्वीर हेर्दाहेर्दै लाज लागेर आयो । सूचना अधिकारीको फोन नम्बर त १००० भनेको रहेछ । यस्तोसम्म व्यवस्था गर्न नसक्ने किन तस्वीर राखेर बसेका होलान् ।

यस्ता समस्या सम्बन्धित व्यक्तिहरूलाई जानकारी गराउँदा सुधार होला भनेर मैले गरेका दर्जनौं प्रयास सफल नभएपछि मैले परराष्ट्र मन्त्रालयको वेबसाइट हेरे । अर्का २ जना महानुभावहरूको नाम रहेछ ।

सहायक प्रवक्ताको फोन उठेन । प्रवक्ता सेवा लम्सालको मोवाइलमा गर्दा उहाँ व्यस्त भएको म्यासेज आयो । ‘हेलो सरकार’ नाम गरेको कार्यालयमा पटक–पटक कल गर्दा मोबाइल उठेन । हुन त पहिला गरेका थुप्रै गुनासो पनि सम्बोधन भएका थिएनन् । तैपनि अलिकति आशा लाएर गुनासो टिपाउन खोजेको, किन फोन उठ्थ्यो र ?

विगत २–३ दिनदेखि मेरो मनमा एउटै प्रश्न खेलिरह्यो । पासपोर्ट बनाउँदादेखि नै दुःख पाइरहने हाम्रा दाजुभाइ, दिदीबहिनीहरू अझै वैदेशिक रोजगारीका नाममा हुने थप थुप्रै दलालीहरूबाट ठगिँदै विदेश जाने चलनको अन्त्य गर्न सकिएला ? विभागका महानिर्देशकले खुला ठाउँमा बसेर जनतासँग बहस गर्न सक्लान् ? सबैको अगाडि बसेर अनलाइन फाराम भरेर पालो लिन सक्लान् ? कुनै एजेन्टकोमा नगई पासपोर्ट बनाउन सक्लान् ? म कुनै सञ्चार संस्थाका अगाडि बसेर प्रत्यक्ष प्रसारण गरेर फाराम भर्न चुनौती दिन चाहन्छु । अन्त्यमा मेरो मनसाय विभागलाई दोष दिने होइन तर सुधारका लागि केही पहल होला भनेर २–४ शब्दहरू कोरेको मात्र हुँ ।

यस्तै अवस्था सवारी लाइसेन्सको अनलाइन फाराममा पनि छ । झन् भयावह ! राज्यविहीनताको झल्को नै आउने । घरमै बसेर लाइसेन्सका लागि समय लिन सफल कमै मानिस होलान् । म ३ महिनादेखि प्रयासरत छु लाइसेन्स थप गर्न । मेरो थप गर्नुपर्ने जति गरे पनि आवेदन स्वीकार हुँदैन । नयाँ प्रणाली लागू हुने बित्तिकै मैले मेरो फाराम खोलेको हो अनलाइन प्रणालीमा । अनावश्यक जानकारी पनि दिनुपर्ने तैपनि सबै जानकारी दिएपश्चात थप गर्न क्लीक गरेको, गर्न सकिएन । मैले कार्यालयमै गएर पनि समस्याबारे बताएर आएको हुँ तर कोसिस जारी राख्नु भन्ने सल्लाह पाएँ ।

विभागको वेबसाइटमा राखिएका विभिन्न महानुभावहरूको नम्बर र इमेलमा पनि जानकारी गरिरहे तर न फोन उठ्छ न थप जानकारी । अब अन्तिम विकल्प दलालकैमा जाने बाँकी छ । के अब आउने मन्त्रीहरूले जनताका यस्ता गुनासोतिर ध्यान देलान् कि त्यही ठूलाठूला गफ ? नयाँ सरकार आएपछि हाम्रा कर्मचारीहरू चौरमा बसेर घाम ताप्दै प्रचण्ड, ओली, देउवाको खिल्ली उडाइरहलान् कि आफ्नो काम गर्लान् ?

[email protected]

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x