०६ साउन २०८३, बुधबार
चार्ल्स शाेभराज

केन्द्रीय कारागारबाट १९ वर्षपछि छुटे चार्ल्स शोभराज, अब अध्यागमनको जिम्मा

पुस ८, २०७९
केन्द्रीय कारागारबाट १९ वर्षपछि छुटे चार्ल्स शोभराज, अब अध्यागमनको जिम्मा

सिरियल किलर चाल्र्स शोभराजलाई केन्द्रीय कारागारबाट छुटेका छन् । 

केन्द्रीय कारागार प्रशासनले उनलाई अध्यागनको जिम्मा लगाउन कालिकास्थानस्थित अध्यागमन विभागको कार्यालय पुर्‍याएको छ ।

शोभराज २०६० सालमा पक्राउ परेयता जेलमा थिए । 

सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको इजलासले गत बुधबार उमेर र स्वास्थ्य स्थितिलाई कारण देखाउँदै शोभराजलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।

कारागार नियमावली, २०२० को नियम २ (क) ले ६५ वर्ष उमेर पुगेका कैदीहरुलाई असल चालचलनको आधारमा वा ओछ्यानमा परी निको हुन नसक्ने अवस्थामा ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्था गरेको छ ।  सोही आधारमा शोभराज जेलमुक्त भएका हुन् । 

उनी जेलमुक्त भएपछि अध्यागमन विभागले उनको आफ्नो देश फ्रान्स डिपोटको व्यवस्था मिलाउने छ । 

अध्यागमनले उनको पासपोर्ट लगायतका कागजात जाँच गरेर फान्स पठाउने तयारी गरिरहेको बताएको छ । तर, शोभराजले भने आफ्ना केही आफन्त काठमाडौंको हयात होटलमा रहेको र आफूलाई केही दिन त्यहाँ रहने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । 

अध्यागमनले त्यस बारेमा निर्णय गरिसकेको छैन । 

salt training

कमेन्ट गर्नुहोस्