अभिनेता धीरेन शाक्य र अभिनेत्री करिष्मा मानन्धरले लामो समयपछि एकसाथ स्क्रिन सेयर गरेका छन् ।
हिट चलचित्र ‘पहिलो प्रेम’को जोडी यतिबेला ‘भोलि भन्ने नआउला कतै’ बोलको गीतको भिडियोमार्फत दर्शकमाझ एकसाथ प्रस्तुत भएको हो ।
थुप्देन भुटिया र रानी शाक्यको आवाज रहेको गीतको भिडियोमा धीरेन र करिष्मा रोमान्टिक बनेका छन् ।
पुरन गिरीको शब्द, दिवश गुरूङको संगीत, ड्यानिएल गडालको एरेन्ज रहेको गीतलाई गायिका रानी शाक्यकै अफिसियल युट्युब च्यानलमा हेर्न सकिन्छ ।
गीतको भिडियोलाई सोनाम पाख्रिनले निर्देशन गरेका हुन् । सुरेन्द्र बसेलको कोरोयोग्राफी रहेको भिडियोमा अर्जुन तिवारी (एमबिए फिल्मस्)को छायाँकन, सुप्रिम पराजुलीको सम्पादन छ । भिडियोमा जयराम बर्मा र स्विटी तामाङ्गको पनि अभिनय छ ।