१३ असार २०८३, शनिबार

विमानस्थलबाट १९ किलो सुनसहित सुडानी नागरिक पक्राउ

विमानस्थलबाट १९ किलो सुनसहित सुडानी नागरिक पक्राउ

काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले आज १९ किलो अर्धठोस अवस्थाको सुनसहित एक सुडानी नागरिकलाई पक्राउ गरेको छ । 

आज अपराह्न ३ बजेको समयमा फ्लाई दुबइमार्फत नेपाल आएका सुडानी नागरिक २७ वर्षीय मोहम्मद अहमद डफल्ला सराफेल्डिन सुनसहित पक्राउ परेका भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेले जानकारी दिए । भन्सार कार्यालयमा जाँचका क्रममा उनले सुन ल्याएको फेला परेपछि उक्त सुन बरामद गरिएको हो ।

“उसको गतिविधि शङ्कास्पद देखियो अनि कार्यालयका कर्मचारीले जाँच गर्दा उनले अर्धठोस अवस्थाको सुन ल्याएको फेला प¥यो”, पाण्डेले भने, “थप विषयहरु अनुसन्धानका क्रममा रहेको छ ।”

सुन १० वटा प्याकेटमा अर्धठोस अवस्थामा रहेको र उनले पनि सुन ल्याएको स्वीकार गरेको पनि पाण्डेले बताए । उनी पहिलो पटक नेपालमा भ्रमण भिसामा आएका व्यक्ति हुन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको भन्सार कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्