२५ जेठ २०८३, सोमबार

‘अनुसन्धान र अभियोजनकर्ताबीच समन्वय हुनुपर्छ’

‘अनुसन्धान र अभियोजनकर्ताबीच समन्वय हुनुपर्छ’

कायममुकायम प्रधान्यायाधीश हरिकृष्ण कार्कीले अनुसन्धान, अभियोजन, न्याय निरुपण गर्ने निकायबीचको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । समन्वयबिना सुदृढ न्याय प्रणालीको गन्तव्य भेटाउन नसकिने उनको धारणा छ । 

शुक्रवार काठमाडौंमा भएको सरकारी वकीलहरुको राष्ट्रिय सम्मेलनमा कामु. प्रधानन्यायाधीश कार्कीले अनुसन्धान अभियोजन, न्याय निरुपण गर्ने निकायहरुको क्षमता प्रभावकारिता तथा त्यस्ता निकायबीचको कार्यगत सम्बन्ध, समन्वय र सहकार्यबिना सुदृढ न्याय प्रणालीको गन्तव्य भेटाउन नसकिने बताए । 

फौजदारी न्याय प्रणालीलाई विश्वनीय बनाउन यससँग आवद्ध संस्था वा निकायहरुको स्वक्षता, निष्पक्षता, व्यावसायिकता र जवाफदेहिता अपरिहार्य रहेको बताए । नेपालको फैजदारी कानूनी राज्य बनाउन फौजदारी न्याय प्रशासनको मेरुदण्डको रुपमा रहने सरकारी वकीलहरुको कुशल क्षमता, व्यावसायिकता तथा प्रभावकारी कार्यसम्पादनबाट नै समग्र फौजदारी न्याय प्रणालीले गतिशीलता प्राप्त गर्नसक्ने बताए । 

संवैधानिक कानूनी एवम संरचनागत व्यवस्थामा पछिल्लो समय समसामयिक परिवर्तनहरु हुँदैआएको उनको भनाइ छ । कामु. प्रधानन्यायाधीश कार्कीले फौजदारी न्यायका आयामहरुमा क्रमशः बिस्तार हुँदैगएको जनाए । धेरै नविनतम विधिशास्त्रीय मान्यताहरु विकसित हुँदै गएको उनले चर्चा गरे । फौजदारी न्यायका परम्परागत मान्यता, अवधारणा र मापदण्डले मात्रै अबको आवश्यकता सम्बोधन हुने सम्भावना नभएको उनले बताए । 

कामु. प्रधानन्यायाधीश कार्कीले फौजदारी न्यायको प्रभावकारी कार्यान्वयका लागि अनुसन्धान र अभियोजन वस्तुनिष्ठ र वैज्ञानिक हुन आवश्यक रहेको बताए । अनुसन्धान र अभियोजन नै फौजदारी न्यायका आधारस्तम्भहरु भएको भन्दै यसको सुदृढीकरणबिना फौजदारी न्याय सबल र प्रभावकारी बन्न नसक्ने दावी गरे ।

salt training

कमेन्ट गर्नुहोस्