२१ जेठ २०८३, बिहीबार

मेयर घरदैलो स्वास्थ्य कार्यक्रम : नौ हजारले गराए स्वास्थ्य परीक्षण

मेयर घरदैलो स्वास्थ्य कार्यक्रम : नौ हजारले गराए स्वास्थ्य परीक्षण

वीरगञ्ज महानगरपालिकाले शुरु गरेको  ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा नौ वडाका झण्डै नौ हजार जनाले स्वास्थ्य परीक्षण गराएका छन् । नगरवासीले निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् भने आवश्यक औषधिसमेत वितरण हुँदैआएको छ । 

महानगरपालिकाका प्रमुख राजेशमान सिंहले १७ देखि ३२ सम्मका वडामा यो अभियान सञ्चालन हुने र अहिलेसम्म नौ वटा वडाका जनताको घरदैलोमै पुगेको टोलीबाट स्वास्थ्य सेवा लिइसकेको बताए । गाडीमै जडान गरिएको प्रयोगशालाबाट आवश्यक स्वास्थ्य परीक्षण गरेर रिपोर्ट दिने गरिएको छ । यसले बजारको अस्पतालमा धाइरहनुपर्ने ग्रामीण क्षेत्रका जनतालाई राहत मिलेको छ । 

शिविरमा स्वास्थ्य जाँच गराएकालाई उनीहरुको स्वास्थ्य परीक्षण रिपोर्टको आधारमा विभिन्न ९८ प्रकारका औषधि त्यही उपलब्ध गराउँदै आएको छ । वीरगञ्जको वडा नम्बर ३० लालपर्साबाट गत भदौ २६ गतेदेखि यो कार्यक्रम शुरु भएको थियो । आइतबारदेखि पुनः अर्को वडामा यो अभियान सञ्चालन गरिने महानगरको स्वास्थ्य शाखा प्रमुख रितेश जयसवालले जानकारी दिए । अहिलेसम्म नौ वटा वडामा चलेको कार्यक्रममा पाँच हजार पाँच सय ६२ महिला र तीन हजार दुई सय १७ पुरुषले स्वास्थ्य जाँच गराएका छन् । रासस

salt training

कमेन्ट गर्नुहोस्