२१ जेठ २०८३, बिहीबार

व्यास नगरपालिकाले वडा–वडामा पुगेर सेवा दिने

व्यास नगरपालिकाले वडा–वडामा पुगेर सेवा दिने

व्यास नगरपालिकाले पुस ११ देखि २० गतेसम्म एकिकृत घुम्ती सेवामार्फत नगरबासीलाई घर आँगनमा पुगेर सेवा दिने भएको छ । सामाजिक सुरक्षा भत्ता कार्ड वितरण र पञ्जिकरण एकाइबाट व्यक्तिगत घटनादर्ताको व्यवस्था मिलाइएको व्यासका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।

योजना सम्झौता तथा किस्ता सिफारिस, बालीहरूमा देखापर्ने रोगको जैविक बिषादी, तरकारीका उन्नत बीउ वितरण र कृषकलाई प्राविधिक परामर्श प्रदान गरिने छ । विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य, पाठेघरको मुख र स्तान क्यान्सर, एचआइभी, टिबि, औलो रोग, मधुमेह, उच्च रक्तचाप परीक्षण हुनेछ । 

कोभिड–१९को खोप, आङ खस्ने समस्या जाँच र उपचार, औषधि वितरण, स्वास्थ्य समस्याको परामर्श सेवा र दुईवर्ष मूनिका बालबालिकाहरूको वृद्धि अनुगमन र पोषणसम्बन्धी सेवा प्रदान गरिनेछ । 

आयुर्वेद एकाईबाट विभिन्न २५ किसिमका आयुर्वेद औषधि वितरण र आयुर्वेद स्वास्थ्य सेवा सम्बन्धमा आवश्यक ज्ञान दिइने नगरपालिकाले जनाएको छ । पशु स्वास्थ्य सेवाको लागि उपचार, रोग निदान, सामान्य शल्यक्रिया, पशु स्वास्थ्यका लागि औषधि वितरण र पशु भ्याक्सिन लगायतका सेवा पशुपन्छी उपशाखाबाट प्रदान गर्ने व्यवस्था मिलाइएको व्यासका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । 

ज्येष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्गता भएकाको परिचयपत्र र महिला विकासका विषयमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम रहेको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्