२२ जेठ २०८३, शुक्रबार

पूर्वराजा ज्ञानेन्द्र शाहले जानकी मन्दिरमा गरे विशेष पूजापाठ

पूर्वराजा ज्ञानेन्द्र शाहले जानकी मन्दिरमा गरे विशेष पूजापाठ

पूर्वराजा ज्ञानेन्द्र शाहले शनिवार जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन् । उनी हिजो (शुक्रवार) जनकपुरधाम पुगेका थिए । 

जानकी मन्दिरमा पूर्वराजालाई स्वागतका लागि रातो कार्पेट ओछ्याइएको थियो । मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गरेका थिए । 

पूजापाठपछि उनी यात्री निवास गएका थिए । शुक्रवार जनकपुर पुगेका उनी साँझ गंगासागरमा दैनिक आयोजना हुने महागंगा आरतीमा सहभागी भएका थिए । पूर्वराजासँग पूर्वमहारानी कोमल शाह र छोरी पनि सँगै जनकपुर पुगेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्