२५ जेठ २०८३, सोमबार

सिके राउतको अस्पताल सुधार अभियान : निःशुल्क दिनुपर्ने औषधि दिएन भने खबर गर्न आग्रह

सिके राउतको अस्पताल सुधार अभियान : निःशुल्क दिनुपर्ने औषधि दिएन भने खबर गर्न आग्रह

जनमत पार्टीका अध्यक्ष एवं  प्रतिनिधिसभा सदस्य डा.चन्द्रकान्त (सिके) राउतले गजेन्द्रनारायण सिंह अस्पताल सुधारको प्रयास थालेका छन् । उनले अस्पताल सुधारको पहिलो कदम भन्दै अस्पतालमा सुझाव पेटिका राखेका छन् । 

सप्तरी ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राउतले अस्पतालसम्बन्धी कुनै गुनासो वा सुझाव भए दिन भन्दै सुझाव पेटिका राखेका हुन् । सुझाव पेटिकामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूको नाम तथा सम्पर्क नम्बरसमेत उल्लेख गरिएको छ । 

सप्तरीको राजविराजमा रहेको उक्त सरकारी अस्पताल पछिल्लो समय रेफरल सेन्टरमा सीमित भएको भन्दै अस्पताललाई बचाउने आफ्नो अभियान भएको उनको भनाइ छ । अस्पतालले निशुल्क दिनुपर्ने औषधि दिएन भने खबर गर्न उनले भनेका छन् । 

सामाजिक सञ्जालमा सन्देश लेख्दै डा. राउतले भनेका छन्, ‘गजेन्द्र नारायण सिंह अस्पताल राजविराज सुधारको पहिलो कदम–जनताको सुझाव र सहयोगबाट नै यो सम्भव हुन सक्छ । रेफरल सेन्टरमा सीमित हुन पुगेको अस्पताललाई जोगाऔँ । निःशुल्क पाउनुपर्ने औषधी पनि अस्पतालले बिरामीलाई उपलब्ध गराएन भने त्यो पनि खबर गर्नुहोला ।’ 

salt training

कमेन्ट गर्नुहोस्